बिर्तामोड १६ चैत । बालिका बान्तवा राईद्वारा लिखित पहिलो कृति प्याउली उपन्यासको बिर्तामोडमा परिचर्चा गरिएको छ ।
साहित्य कला प्रतिष्ठान बिर्तामोडले इशा बुकसंगको सहकार्यमा आयोजित कार्यक्रममा प्याउली उपन्यास परिचर्चा तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
वान्तवाको पहिलो कृति प्याउली उपन्यास माथि साहित्यकार तुलसीप्रसाद भट्टराईले समिक्षा गर्नु भएको थियो ।
साहित्य कला प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा पूर्व प्राज्ञ पवन राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख लेखक बालिका वान्तवाले आफ्नो कृतिबारे अध्ययनबाटै जानकारी लिन अनुरोध गर्दै सहभागीलाई धन्यवाद मात्रै ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पवन राजवंशी, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, हेमन यात्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गणेश निरौला, गोपाल दाहाल, अशोक तिवारी, दयानन्द गोस्वामी, केशबहादुर राई, भिम विरही राई, पुण्य बराल, गणेश राई रेखा सापकोटा लगायतले कविता वाचन गरेका थिए ।
दुर्गा सिग्देलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पुष्पा नेपाल सुवेदीले गर्नुभएको थियो । कार्यक्रम सरगम संगीतालयको हलमा सम्पन्न भएको हो ।
बालिकाको प्याउली उपन्यासमाथि बिर्तामोडमा परिचर्चा



















