HomeFeatured 2जीपी भवन निर्माण कार्य निरन्तरताको वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

जीपी भवन निर्माण कार्य निरन्तरताको वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

भद्रपुर १४ चैत । विगत ६ वर्षयता निर्माण अवधि थप नहुँदा निर्माण अलपत्र परेको झापा सदरमुकाम चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको रोकिएको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाउनु भएको छ ।
सभागृह निर्माण कार्य अघि बढाउन माग गर्दै ज्ञापनपत्र लिएर भद्रपुरका नगर प्रमुख नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भवन निर्माणमा रहेका समस्या समाधान गरेर निर्माण अवधि थप हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
सो टोलीमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभाका काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, भद्रपुरका २, ४ र ७ का वडाध्यक्ष, कार्यपालिकाका सदस्य सहभागी प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको सभागृहको निर्माण कार्य पुनः सुचारु गर्न ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले गणतन्त्र नेपालको स्मृतिमा निर्माण भइरहेको भवन अलपत्र नपर्ने वचन दिएको नगर प्रमुख गणेश पोखरेलले बताउनु भयो ।
प्रमुख पोखरेलका अनुसार प्रधामन्त्री ओलीलाई प्रतिनिधिमण्डलले अलपत्र रहेको निर्माण कार्यलाई अघि बढाउन देखिएका बाधा अबरोध हटाउन माग गरिएको नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सुझाव दिइएको छ ।
साविक जिल्ला विकास समितिबाट दुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता भए पनि ठेकेदारको पटक–पटक माग गरेको निर्माण अवधि थप नभएको कारण कानुनी समस्याका उत्पन्न भएर निर्माण कार्य अलपत्र परेको छ ।
यसै बिच सो टोलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष एवम् झापा ३ का संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनलाई समेत भवन निर्माणको वातावरण बनाइ दिन भूमिका निर्वाहको माग राखेर स्मरण पत्र बुझाएको छ । टोलीमा संलग्न भद्रपुर नगर प्रमुखका सचिवालय प्रमुख राजा मण्डलका अनुसार झापा ३ लगायत देशकै पहिचान बन्न सक्ने सो भवन निर्माण सम्पन्न गराउन सहयोगी भूमिका खेल्ने वचन दुवै नेताले दिएका छन् ।
संघीय गणतन्त्र नेपाल स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाका नाममा निर्माण सुरू भएको सो सभागृहको २०७२ असार २८ गते संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर काँग्रेस, एमाले, माओवादी तथा तत्कालिन फोरम लोकतान्त्रिक गरी चारै दलका शीर्ष नेताहरू एकै ठाउँमा उभिएर यस भवनको शिलान्यास गरेकाले तोकिएको समयमै भवन बन्ने स्थानीय बासिन्दाको विश्वास थियो । तत्कालीन प्रधानमन्त्री कोइरालाको पालामा शिलान्यासपछि देशमा सात वटा प्रधानमन्त्री फेरिइसकेका छन् । संघीयता कार्यान्वयनमा आएपछि ओली चार पटक, प्रचण्ड तीन पटक र देउवा दुई पटक प्रधानमन्त्री बनिसकेका छन् तर कसैले पनि यस भवनको उन्नतिका लागि कुनै पहल गरेनन् । २०७२ सालमा संविधान जारी भएपछिका हरेक निर्वाचनमा जीपी भवनको अधुरो अनुहार देखाएर झापा ३ मा भोटको राजनीति निरन्तर भइरहेको छ । निर्वाचनपछि यस भवनको जीर्ण स्वरूपमा परिवर्तन ल्याउने काम अहिलेसम्म कसैले गरेका छैनन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जीपी भवन निर्माण कार्य निरन्तरताको वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img