झापा १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरिब देशहरूमा बालबालिकाका लागि खोप किन्न सहयोग गर्ने संस्था ‘गाभी’ का लागि अमेरिकी कोष अन्त्य गर्ने र औलोविरुद्ध लड्ने प्रयासहरूलाई घटाउने योजना बनाएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले तयार पारेको दस्तावेजमा विभिन्न कटौतीहरूका बारे खुलासा गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । सन् २००० मा ‘गाभी’ को स्थापना भएदेखि अमेरिकाले ७८ देशमा एक अर्बभन्दा धेरै बालबालिकालाई खोप लगाउन सहयोग गरेको छ । यसले भविष्यमा हुने एक करोड ८० लाखभन्दा बढी मृत्युलाई रोकेको छ ।
ट्रम्प प्रशासनले एचआईभी र क्षयरोगको उपचार गर्ने औषधिहरूका लागि भुक्तानी गर्ने, गृहयुद्ध र प्राकृतिक प्रकोपहरू भइरहेका राष्ट्रहरूलाई खाद्य सहायता प्रदान गर्ने केही अनुदानहरूलाई भने निरन्तरता दिने खबरमा उल्लेख छ ।
ट्रम्प प्रशासनले गरिब देशलाई दिंदैआएको बालखोप अनुदान बन्द गर्ने

































































































