Homeसमाचारपैसालाई सहि व्यवस्थापन गर्न सके आर्थिक संकट कम हुने

पैसालाई सहि व्यवस्थापन गर्न सके आर्थिक संकट कम हुने

बिर्तामोड १५ चैत । आफूले कमाएको पैसालाई सहि रुपमा परिचालन गर्न सके आर्थिक समस्यालाई समाधान गर्न सकिने ठहर गरिएको छ ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं। ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न तालिमको प्रमुख अतिथि बुढाथोकीले उद्घाटन गर्नुभएको थियो ।
बिर्तामोड नगरपालिका वडा नं।–३ का विपन्न समुदायका महिलाहरुलाई लक्षित गरी सञ्चालित वित्तीय व्यवस्थापन सम्बन्धी तालिममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले आम्दानी सानो ठूलो जत्रो भएपनि त्यसलाई सही तरिकाले परिचालन गर्न सक्यो भने आर्थिक संकट नहुने बताउनु भयो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले अरुको मुख ताक्ने भन्दा आफैं स्वाबलम्बी हुनेतर्फ लाग्नुपर्ने बताउँदै बस्तु खरिदको आवश्यकता पहिचान तथा सरकारी सेवा प्रवाहबाट राज्यले नागरिकलाई गरिरहेको सहयोगबारे जानकारी राखे धेरै आर्थिक व्ययभारबाट बच्न सकिने बताउनु भयो ।
बिर्तामोड नगरपालिका वडा नं। ३ को सहयोगमा नारी सञ्चार गृह झापाले आयोजना गरेको तालिममा सहभागीले तालिम उपलब्धी मुलक भएको धनसरी राजवंशीले प्रतिक्रिया दिनुभयो भने नैनकला चुढालले तालिमले महिलालाई उत्साहित बनाएको बताउनु भयो ।
भीमा शिवाकोटीले सहजीकरण गरेको तालिममा रुद्र सिटौलाले कारोबारमा इमान्दार भए पैसाले खाँचो नहुने बताउँदै आर्थिक इमान्दारितामा जोड दिनुभएको थियो ।
नारी सञ्चार गृह झापाकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक दिपा पोखरेलले स्वागत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपैसालाई सहि व्यवस्थापन गर्न सके आर्थिक संकट कम हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img