भद्रपुर ११ चैत्र । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय निर्वाचनको सन्दर्भमा झापा बारमा केन्द्रीय उम्मेदवारहरुले भेटघाटका अतिरिक्त चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन । झापाबार एसोसिएसनद्वारा आयोजित प्रचार प्रसार कार्यक्रममा बोल्दै बृहत लोकतान्त्रिक , प्रगतिशील ,पेशागत ,राष्ट्रवादी एव समावेशी कानुन व्यवसायी समुहका केन्द्रीय अध्यक्षका उम्मेदवार बरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले स्वतन्त्र न्यायपालिका ,विधिको शासन र न्यायीक निष्पक्षता प्रति आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले बारलाई नवोदित र पेशागत कानुन व्यवसायीहरुको साझा संगठन बनाउने योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा आफुलाई जिताउन आग्रह गर्नुभयो । यसैगरी सोही समुहका महासचिव पदका उम्मेदवार केदारप्रसाद कोईरालाले नेपाल बारको संस्थागत संरचना र निति गत सुधारका लागि उम्मेदवारी रहेको बताउदै लोकतन्त्र ,स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायीको पेशागत हकहितका लागि दबाब मुलक कार्यक्रम गर्दै नेपाल बार एसोसिएसनलाई पहरेदार संस्थाको रुपमा अगाडि बढाउने बताउनुभयो । उहाँले आफुहरुले जितेमा संविधान सम्मत तरिकाले काम गर्ने बताउदै ३ वटा समुहको समर्थन आफुहरुलाई रहेकोले जित सुनिश्चित रहेको दावी पनि गर्नुभयो। कार्यक्रममा बोल्दै बर्तमान केन्द्रीय उपाध्यक्ष सुरज खत्री तिम्सिनाले न्यायीक सुधारसंगै देशमा सुशासन कायम गर्न बृहत लोकतान्त्रिक प्रगतिशील पेशागत राष्ट्रवादी समुहलाई जिताउन आग्रह गर्नुभयो। झापा बारका अध्यक्ष बसन्त नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुन व्यवसायीहरु रञ्जिता कार्की, पदमप्रसाद लिम्बू , राजु ढकाल, दामोदर सापकोटा टंकप्रसाद उप्रेती कुलप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै देशमा भएको कानुनी विकृति र विसंगतिलाई अन्त गर्न गठबन्धनका उम्मेदवार हरुले जित्नु पर्नेमा जोड दिनुभयो । झापा बार सदस्य नारायणप्रसाद पौडेलले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष चित्रबहादुर मगरले गर्नु भएको थियो ।
बार एसोसिएनको केन्द्रीय निर्वाचनको प्रचार प्रशार तीब्र, उम्मेद्वारहरु झापामा

































































































