Homeसमाचाररेडक्रस उपशाखा बिर्तामोडले तोक्यो जिम्मेवारीसहित संयोजक

रेडक्रस उपशाखा बिर्तामोडले तोक्यो जिम्मेवारीसहित संयोजक

बिर्तामोड १० चैत । रक्तदानका लागि सहजता ल्याउने उद्देश्यले घुम्ती रक्त संकलन बाहनको खोजी गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको आज सम्पन्न बैठकले बिर्तामोडमा रक्तदानका लागि सबैलाई पायक पर्ने सार्वजनिक स्थल एसियन हाइवे विस्तारसंगै प्रभावित हुने देखिएपछि उपशाखा घुम्ती रक्त संकलन बाहन खोजीको महत्वकांक्षी योजना अघि बढाउने निर्णय गरेको हो । उक्त कार्यका लागि उपशाखाका अध्यक्ष मनोज अग्रवाललाई बैठकले जिम्मेवारी दिएको उपसचिव रंगलाल न्यौपानेले जानकारी दिनुभयो ।
बिर्तामोडको मुक्तिचोक नजिकै रहेको दुर्गा मन्दिर हाइवे विस्तारका क्रममा भत्किने निश्चित भएपछि रक्तदानका लागि पायक पर्ने सार्वजनिक स्थलको पनि खोजीका लागि कार्यसमिति सदस्य मिजास पोखरेललाई संयोजक तोकेर जिम्मेवारी दिइएको छ ।
बिर्तामोडमा हुने अधिकांस रक्तदान बिर्तामोडको दुर्गा मन्दिर परिषरमा हुँदै आएको छ । पछिल्लो समय एसियन हाइवे विस्तारका लागि त्यहाँका रुख विरुवा काटिइसकेका छन् भने मन्दिर पनि भत्किने निश्चित भइसकेको छ ।
त्यसैगरी रक्तदानका लागि आवश्यकीय भौतिक सामग्रीको खोजीका लागि उपशाखाका सचिव निरज ओलीको संयोजकत्वमा कार्यसमितिका सदस्यहरु सहितको समिति बनाइएको छ भने बैठकले उपशाखाको सल्लाकारमा गोपालकुमार बस्नेत, बेदप्रकाश अग्रवाल, राजकुमार पोखरेल, बिनोद बस्नेत र अर्चना थापालाई मनोनयन गरेको छ ।
त्यस्तै बिर्तामोडमा प्राथमिक उपचार तालिम सञ्चालनका लागि उपशाखाका निर्वमान सभापति सजेस शिवाकोटीलाई संयोजकको जिम्मेवारी दिएको छ भने कार्यसमिति सदस्य रेजिना गौतम र राजेन्द्र चौंलागाँईलाई सञ्चार संयोजनको जिम्मेवारी दिइएको छ ।
सो क्रममा अस्वस्थ्यका कारण पदस्थापनमा उपस्थित हुन नसकेकी उपशाखा उपाध्यक्ष शिला भट्टराईलाई निवर्तमान सभापति शिवाकोटीले सपथ ग्रहण गराउनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररेडक्रस उपशाखा बिर्तामोडले तोक्यो जिम्मेवारीसहित संयोजक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img