बिर्तामोड ९ चैत । विरामीका लागि रगत अभाव भएको सार्वजनिक भइरहँदा राउन्ड टेबल बिर्तामोड र नेपाल रेडक्रस बिर्तामोड उपशाखाको सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा २४ पिन्ट रगत संकलन भएको छ ।
बिर्तामोडस्थित भाटभाटेनीको सपि महल अगाडि भएको रक्तदान कार्यक्रममा ९ जना महिला र १५ जना पुरुषले रक्तदान गरेका थिए । रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको रहेको बताइएको छ ।
२४ पिन्ट रगत संकलन

































































































