HomeFeatured 2बुढ्यौली साहित्य समितिको कविता गोष्ठी सम्पन्न

बुढ्यौली साहित्य समितिको कविता गोष्ठी सम्पन्न

बिर्तामोड ९ चैत । बुढ्यौली साहित्य समिति झापाले आफ्नो पहिलो कार्यक्रम स्वरुप कविता गोष्ठी सम्पन्न गरेको छ ।
बिर्तामोडस्थित जयेन्द्रप्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कविता गोष्ठीको बुढ्यौली साहित्य समिति झापाका अध्यक्ष हरि रिमालको अध्यक्षता तथा बुढ्यौली साहित्य समितिका केन्द्रीय अध्यक्ष कविराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा जिल्ला भरीका १९ जना कवि साहित्यकारले रचना वाचन गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांस वक्ताले बुढ्यौली शब्दप्रति जिज्ञासा राखेका थिए ।
खास गरी शब्दले संस्थाको नाम झल्किन्छ भन्ने कुरामा केन्द्रित जिज्ञासामा साहित्यमा बुढ्यौलीमा समेटिने सिमाबारे अधिकांसको जिज्ञासा थियो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि बुढ्यौली साहित्य समिति भक्तपुरका उपाध्यक्ष दिननाथ पोख्रेल, अतिथिहरु कोमलप्रसाख पोखरेल, पुन्यप्रसाद खरेल, लिलाप्रसाद अधिकारी, पुन्यप्रसाद सिग्देल, होम सुवेदी, राजेन्द्र संग्रौला, देवीभक्त श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजक संस्थाका उपाध्यक्ष जयप्रसाद आचार्यले स्वागत गरेको कार्यक्रममा औचित्यबारे अध्यक्ष रिमालले प्रकाश पारेका थिए भने सञ्चालन तुलसीप्रसाद भट्टराई र बिन्दु दाहाल (मुकदर्शक)ले गरेका थिए ।
बुढ्यौली साहित्य समिति झापा
हरिप्रसाद रिमालको अध्यक्षतामा लगभग ६ महिना अघि नै गठित बुढ्यौली साहित्य समिति झापाको उपाध्यक्षमा सुभद्रा भट्टराई र जयप्रसाद आचार्य, सचिवमा विन्दु दाहाल (मुकदर्शक), सहसचिवमा मेधनाथ बन्धु, कोषाध्यक्ष लक्ष्मीअच्युत ढुंगाना रहेका छन् । समितिको सदस्यहरुमा हरिप्रसाद न्यौपाने, दुर्गाप्रसाद सिग्देल र तुलसीप्रसाद भट्टराई रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बुढ्यौली साहित्य समितिको कविता गोष्ठी सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img