Homeसमाचारराज्यको नीति निर्माण गर्ने तहमा आफ्नो समुदाय पुग्नुपर्ने सासंद कायस्थको जोड

राज्यको नीति निर्माण गर्ने तहमा आफ्नो समुदाय पुग्नुपर्ने सासंद कायस्थको जोड

फागुन ९ बिर्तामोड । कोशी प्रदेशका सांसद यशोदा कायस्थले नेवार समुदायका मानिस राज्यको नीति निर्माण गर्ने तहमा पुग्नुपर्ने जरुरी रहेको बताउनु भएको छ ।
आज नेवा: पासा मुना पुच:को बिर्तामोड ४ स्थित नेवाः छे भवनमा आयोजित ३१ औ साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद कायस्थले यस्तो बताउनु भएको हो ।
पछिल्लो समय नेवाः संस्थाहरूले विभिन्न ठाउँहरूमा युवाहरुलाई धिमे बाजा ,नाच जस्ता सिप सिकाएर कुलत जस्ता दलदलबाट छुटकारा दिलाउन सहयोग गरेको चर्चा गर्दै वहाँले नेवार जाति खाना, भाषा, साहित्य, संस्कार र संस्कृति जस्ता कुराहरुमा धनी भए पनि नीति निर्माणको तहमा पुग्न नसकेको जिकिर गर्नु भयो । त्यस्तै वहाँले महिलाहरुले विभिन्न खानाका परिकारहरु पकाएर, सिप युक्त कामहरू गरेर घर मै बसेर आम्दानी गर्न सक्ने बताउनु भयो ।
नेवाः एकता समाज धरानका संस्थापक अध्यक्ष राजेश मान श्रेष्ठले ‘संस्कृतिलाई जीवन्तता दिनु हाम्रो कर्तव्य हो, नेवार जाति मात्र होइन् सभ्यता हो, मतभेद घटाउ र प्रतिफल बाँढेर खाउ’ जस्ता कुराहरुमा जोड दिनुभयो ।


नेवाः समाज काँकडभिट्टाका अध्यक्ष कमल गुवाजुले र संस्थाका संस्थापक तथा पूर्व अध्यक्ष कृष्ण उदासले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो। नेवाः पासा मुना पुचः बिर्तामोडले साधारणसभाको अवसरमा नगर भित्रका अग्रज नेवाः सदस्यहरू नरदेवी मल्ल, प्रेम श्रेष्ठ, चन्द्रकुमारी श्रेष्ठ, मनकुमार श्रेष्ठ, जीवन श्रेष्ठ, पदम श्रेष्ठ, हिरामाया श्रेष्ठ लगायतलाई सम्मान गरेको छ ।
त्यस्तै नगर भित्र रहेर लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पुरयाउने देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठ, ग्रिन हुड स्कुलका संचालक निरू खड्का श्रेष्ठ, निता श्रेष्ठ र अनिता शाक्य ,पाथिभरा चाइल्ड केयरका उमा श्रेष्ठ, स्वस्तिका शिशु सदनका ईश्वरा श्रेष्ठ, अबाकास बोर्डिङ स्कुलका सन्देश मल्ल , माईभ्याली ईङ्लिस स्कुलका दिपक मास्के, सुनगाभा ईङ्लिस स्कुलका मिलन श्रेष्ठ ,विरता लेडी जेसिज २०२५ की अध्यक्ष निशा शाक्यलाई सम्मान पत्रले सम्मान गरेको छ । अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष शाक्य र ग्वाली पुच संयोजक मानन्धरले प्रस्तुत गर्नु आर्थिक प्रतिवेदन बन्द सत्रमा व्यापक छलफल पछि पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांगठानिक बार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला शाक्य र नेवाः ग्वालि पुच संयोजक प्रभात मानन्धरले प्रस्तुत गरेका थिए। स्वागत उपाध्यक्ष राजिव श्रेष्ठ र संचालन सचिव मिलन शाक्यले गरेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराज्यको नीति निर्माण गर्ने तहमा आफ्नो समुदाय पुग्नुपर्ने सासंद कायस्थको जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img