HomeFeatured 2झापा ३ नं. क्षेत्रमा कांग्रेसको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय ...

झापा ३ नं. क्षेत्रमा कांग्रेसको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय विषयक अन्तरक्रिया

भद्रपुर ८ चैत । नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजना र झापा क्षेत्र नं–३ को संयोजनमा झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रस्तरीय संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रमुख अतिथि सुशिला ढकाल आचार्यले सबै आ आफ्नो ठाउबाट सच्चिएमात्रै संगठन सुदृढीकरण हुने धारणा राख्नुभयो ।
पार्टीको शक्ति गाउँ, टोलमा हुने र यस्ता अभियानहरुले पार्टी कार्यकर्तामा उर्जा र जागर थप्ने बताउदै प्रमुख अतिथि ढकालले महिलाहरूको भुमिका र शसक्तिकरणको प्रसम्सा गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सभापति एवं विशेष अतिथि देउकुमार थेवेले झापाका १३१ वटै वडामा पुगेर संगठन चलायमान बनाउन जिल्ला पार्टी कार्यालयले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेको र यसमा पदाधिकारी आफैं जिल्ला प्रतिनिधि भएर गाउँ÷नगरमा आएको बताउनुभयो ।
प्रत्येक वडामा महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरुलाई प्रतिनिधि बनाएर पठाइएपनि कतिपय वडामा प्रतिनिधि नपुगेको गुनासो आएपछि आफूहरु नै प्रतिनिधि भएर वडातहसम्म पुग्ने अभियानमा रहेको सभापति थेवेको भनाई थियो ।
नेपाली कांग्रेस सभापतीय पद्धतिमा चल्ने भएकाले पार्टीका हरेक तहका सभापतिहरुको जिम्मेवारी उत्तिकै महत्वपूर्ण र गहन भएको बताउँदै उहाँले पार्टीको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समितिले पनि वडाकेन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो । भाषणमात्रै गर्ने प्रवृत्ति छाडेर काम गर्न थाल्नुपर्छ भन्नुहुँदै सभापति थेवेले नेपाली कांग्रेस झापा यही अभियानमा रहेको स्पष्ट पार्नुभयो ।
नेपाली काङ्ग्रेस झापा सचिब कृष्ण हुमागाई, भरत प्रसाई, शर्मिला अधिकारी, विजय रिजाल, टिकाराज ढकाल, लता चापागाई, उर्मिला गौतम, भक्त खवास लगायतको उपस्थिति रहेको कार्यक्रममा मनोज सुब्बा, पुस्तकराज नेपाल, बडाराम हेमरम, दधिराम मिश्र, राजु गिरी, समशेर तामाङ, राजेन्द्र सापकोटा, हरि बस्नेत, जात्रु रौनियार, राजा मण्डल, रत्नप्रसाद खतिवडा, केशव लामिछाने, रमेश पौडेल, आशिष कोइराला, गोपालजंग गुरुङ, धनबहादुर सावा लिम्बू, प्रतिमा भुजेल, विजय फागो, सञ्जीव राजवंशी, सागरमणि नेपाल, प्रमिला कोइराला लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले टोल, वडा, र गाउँ÷नगर केन्द्रित कार्यक्रम गरेर संगठन विस्तार र सुदृढीकरण गर्नुपर्ने धारणा राख्दै निर्णायक मत स्थानीय तहमा हुने भएकाले यसलाई सशक्त बनाउन सुझाव राखेका थिए ।
कार्यक्रमको औचित्यमाथि कोशी प्रदेश संगठन विभाग प्रमुख मदन संग्रौलाले प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत क्षेत्रीय सभापति गणेश पोखरेलले गर्नुभएको थियो भने सञ्चालन भद्रपुर नगर सभापति राम कडेलले गर्नुभएको सूचना तथा प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा ३ नं. क्षेत्रमा कांग्रेसको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय ...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img