भद्रपुर ७ चैत्र । झापाको चन्द्रगढीमा मेलमिलाप पुर्नताजगी सम्बन्धि ४ दिने तालिम आजदेखि शुरु भएको छ । तभद्रपुर नगरपालिकाको आयोजनामा सञ्चालित तालिमको नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गर्नुभयो ।
आईतबारसम्म सञ्चालन गरिने तालिममा भद्रपुर नगरपालिका भित्रका १० वटा वडाका ४० जना मेलमिलाप कर्ता, १० जना वडा सचिव, नगर प्रहरी, न्यायिक समिति सदस्य ,कानून शाखाका कर्मचारीसहितको सहभागी रहेको कानून अधिकृत राजेन्द्र ढकालले बताउनुभयो । तालिममा झापा जिल्लाका न्यायाधीशहरु उमेश लुईटेल, प्रकाशकुमार अधिकारी, महेन्द्र पोखरेल र कानून व्यावसायी दिपेन्द्र भट्टराई लगायतले सहजीकरण गर्ने बताइएको छ ।
न्यायिक समिति संयोजक तथा भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन कानून अधिकृत ढकाल र स्वागत मन्तव्य मन्जु पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, भद्रपुर १० का वडाध्यक्ष काजी खड्का कार्यपालिका सदस्य सन्ध्या हाडा, सिता गुरागाई लगायतले मन्तव्य राख्नु भएको थियो ।
भद्रपुरका मेलमिलापकर्ताहरुलाई पुर्नताजगी तालिम

































































































