Homeसमाचारमेची क्याम्पसकाे स्ववियु अध्यक्षमा पहिलाे पटक छात्रा निर्वाचित

मेची क्याम्पसकाे स्ववियु अध्यक्षमा पहिलाे पटक छात्रा निर्वाचित

भद्रपुर चैत । त्रिभुवन विश्वविद्यालय अन्तरगत आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियूकाे जिम्मेवारी पहिलाे पटक छात्रामा आएकाे छ ।
यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट निलम कार्की निर्वाचित भएसंगै मेची क्याम्पसकाे निर्वाचनमा नयाँ इतिहास लेखिएको छ । स्ववियु अध्यक्षमा २०२२ सालदेखि शुरू भएकाे क्याम्पसकाे स्ववियु निर्वाचनकाे इतिहासमा २०४९ सालमा पहिलाे पटक माेहन महर्जनले नेविसंघकोतर्फबाट स्ववियुकाे नेतृत्व गरेका थिए ।
नवनिर्वाचित कार्की मेची क्याम्पसकाे स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचित हुने चाैथाे अध्यक्ष हुन भने समग्रमा नवनिर्वाचित कार्की २० ओै अध्यक्ष हुन् ।
त्यसबाहेकका सबै कार्यकाल अनेरास्ववियुले नेतृत्व गरेकाे देखिन्छ ।
चैत ५ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा कार्कीसहित नेविसंघको प्यानल नै निर्वाचित भएकाे छ ।
अध्यक्षमा निर्वाचित कार्कीले ८२६ मत ल्याएर सभापतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिष्पर्धी अनेरास्ववियूका प्रन्सल मगरले ५४० मत पाएका छन् ।
त्यस्तै सचिवमा ६३३ मत ल्याएर नेविसंघका विवेक तामाङ निर्वाचित हुँदा उनका प्रतिष्पर्धी अनेरास्ववियूका गौरव लुइटेलले ५५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै प्रतिक रौनियार ९०९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी अनेरास्ववियूकी अनुसा भण्डारीले ४७२ मत ल्याएकी छन् /
त्यस्तै सदस्यहरुमा सिद्धान्त सुव्वा, भरतबहादुर थापा, लक्ष्मी प्रसाई, अभिषेक साह, थोमस थेवे लिम्बू, अभिषेक घिमिरे र प्रितम आचार्य विजयी भएको छन ।
२०२२ साल यताका नेतृत्व :
मेची बहुमुखी क्याम्पसको पहिलो स्ववियु सभापति अनेरास्ववियुबाट ०२२ सालमा जगतबहादुर श्रेष्ठ निर्वाचित भएका थिए । ०२३ सालमा हरि भेटुवाल (अनेरास्ववियु), २०२४ सालमा राजेन्द्र थापा (अनेरास्ववियु), ०२५ सालमा राधाकृष्ण मैनाली (अनेरास्ववियु), ०२६ सालमा वासुदेव शर्मा (अनेरास्ववियु), ०२७ सालमा चन्द्रप्रकाश मैनाली (अनेरास्ववियु), ०२८ सालमा इन्द्र के.सी (अनेरास्ववियु), (साथै सोही सालमा उपसभापति तुलसी उप्रेती कार्यवाहक सभापति) बनेका थिए ।
२०२८–३६ सालसम्म तत्कालीन राजनीतिक व्यवस्थाले विद्यार्थी संगठनलाई देशव्यापी रुपमा प्रतिबन्ध र स्ववियु निर्वाचनमा रोक लगाएको थियो ।
त्यसपछि ०३६-०३७ सालमा पुष्पराज पोखरेल (अनेरास्ववियु), २०३८-३९ सालमा चन्द्र भण्डारी (अनेरास्ववियु), २०४३ सालमा मेघप्रसाद रेग्मी (अनेरास्ववियु), २०४५ सालमा परासर नेपाल (अनेरास्ववियु), २०४९ सालमा मोहन महर्जन (ने.वि संघ), २०५१ सालमा अर्जुन पाण्डे (अनेरास्ववियु), २०५३ सालमा मदन शिवाकोटी (अनेरास्ववियु), २०५५-०५७ सालमा गणेश पोखरेल (ने.वि संघ) २०६० सालमा बसन्त बानियाँ (अनेरास्ववियु), २०६२ सालमा असारु राजवंसी (अनेरास्ववियु), २०७३ सालमा भुवन बुढाथोकी (ने.वि संघ) र २०७९ सालमा सन्देश धमला (पवन) (अनेरास्ववियु) निर्वाचित भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची क्याम्पसकाे स्ववियु अध्यक्षमा पहिलाे पटक छात्रा निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img