HomeFeatured 2झापामा सामी कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल

झापामा सामी कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल

भद्रपुर ६ चैत । झापा । झापामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट प्रवाह भइरहेका सेवासम्बन्धी बृहत छलफल गरिएको छ ।
आज झापाको बिर्तामोडमा झापाका सबै नगरपालिकाका प्रमुख–उपप्रमुख तथा सबै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा छलफल गरिएको हो ।
सामी कार्यक्रमको मुख्य साझेदार स्थानीय तह भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित छलफलमा सामी कार्यक्रमका सहजकर्ताहरुले झापामा वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, जान चाहनेहरुको मनोविज्ञान र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
भद्रपुर नगरपालिका रोजगार संयोजक टिकाराम पाण्डेले सञ्चालन र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले स्वागत गरेको अन्तरक्रियात्मक छलफलमा सामी कार्यक्रम तथा हेल्भेटास नेपालकी कोशी÷मधेस प्रदेश व्यवस्थापक कोपिला दाहालले वैदेशिक रोजगारीको वर्तमान अवस्था, चौथो चरणको सामी कार्यक्रमको मोडालिटी र आगामी रणनीति बारे प्रस्तुति दिएकी थिइन् भने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वैदेशिक रोजगारसम्बन्धी संवैधानिक तथा कानूनी प्रावधान एवम् वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीहरुको भूमिकाका बारे स्पष्ट पारेका थिए ।
त्यसैगरी, कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत प्रदीप गौतमले प्रदेशमा वैदेशिक रोजगारको अवस्था, स्थानीय परिस्थिति र प्रदेश सरकारले गरिरहेका प्रयासका बारे प्रस्तुति दिएका थिए भने सामी कार्यक्रम झापाका संयोजक शेखर बुढाथोकीले सामी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका आप्रवासी स्रोत केन्द्रबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापालगायतले वैदेशिक रोजगारमा जाने युवा जनशक्तिको संख्या बढ्दो क्रममा रहेको बताउँदै उर्जाशील युवा शक्तिलाई देशमै टिकाइरहन सक्ने कार्यक्रम र योजनामा सरकारका सबै निकाय लाग्नुपर्नेमा जोड दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापामा सामी कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img