Homeसमाचारवीरता लेडी जेसीज पूर्व अध्यक्षमा मञ्जु,राधालाई सम्मान

वीरता लेडी जेसीज पूर्व अध्यक्षमा मञ्जु,राधालाई सम्मान

बिर्तामोड ४ चैत । वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवको साधारणसभा सोमबार सम्पन्न भएको छ ।
सन् २०२४ कि पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा सम्पन्नसंगै पूर्व अध्यक्ष क्लवको अध्यक्षको जिम्मेवारी मञ्जु सिटौला पोखरेलले लिनु भएको छ । त्यसै गरी सचिवको जिम्मेवारी मिनु ओलीले लिनु भएको छ ।


साधारणसभामा पूर्व अध्यक्ष राधा सुब्बालाई सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो । प्रमुख अतिथि शिवाकोटीले सम्मान पत्र तथा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा ढकाल रिजाल, पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना ढकालले सिटौलाले प्रदान गर्दै सम्मान गरिएको थियो ।
साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा ढकाल रिजाल, अतिथिहरू विरता जेसीजका अध्यक्ष युवराज कुँवर, वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्य नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पूर्व अध्यक्ष उर्मिला खरेलले स्वागत तथा ओैचित्यमाथि स्वस्तिका आचार्यले प्रकाश पारेको कार्यक्रममा जेसीज आस्थावाचन विमला भट्टराईले गर्नु भएको थियो भने सम्मानित व्यक्तिको सम्मान पत्र वाचन नैनकला भट्टराईले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संगिता गिरी र मिनु ओलीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवीरता लेडी जेसीज पूर्व अध्यक्षमा मञ्जु,राधालाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img