भद्रपुर २ चैत्र । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर झापाले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरेको छ ।कार्यक्रममा झापा, मोरङ, सुनसरी र इलामका १५ जना गजलकारले रसिक गजल सुनाएका थिए भने चर्चित गायक अर्जुन खरेल, निरज पोखरेल लगायतले विभिन्न गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको साँस्कृतिक नृत्यहरू समेत प्रस्तुती रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका पुराना नेता तथा पूर्व सांसद डिल्लीप्रसाद सिटौला र भाषासेवी चुडामणि रेग्मीलाई सम्मान समेत गरिएको थियो । सम्मानित सिटौलालाई प्रमुख अतिथि भण्डारी, अध्यक्ष लम्साल र झापाका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका विशेष अतिथि गोपाल अधिकारीले सम्मान पत्र प्रदान गरेका थिए भने अस्वस्थताका कारण सशरीर उपस्थित हुन नसक्नु भएका रेग्मीलाई भने उहाँको निवासमै पुगेर सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रतिष्ठानका सचिव देवेन्द्र गौतम तथा कार्यक्रम संयोजक धनकुमारी खरेल लताले सञ्चालन गरेको
कार्यक्रममा मन्तव्य राख्दै नेता सिटौलाले वीपीको सिद्धान्त बिर्सेर राजनीतिक नेतृत्व अगाडि बढ्दा देश संकटको घडीमा पुगेको भन्दै चाकडी, चाप्लुसी र भ्रष्ट आचरणका कारण देश बर्वादीतिर गएको धारणा राख्नुभयो । नेता सिटौला आफूले काँग्रेस राजनीतिमा लाग्दा देखेको सपना पूरा गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर सिटौला र रेग्मी सम्मानित

































































































