HomeFeatured 2जन्मदिनको खर्च कटाएर चौधरीद्वारा प्रेस चौतारी झापाको उपचार कोषमा सहयोग

जन्मदिनको खर्च कटाएर चौधरीद्वारा प्रेस चौतारी झापाको उपचार कोषमा सहयोग

झापा २९ फागुन । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।
पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो ।
आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै उहाँले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो । उपचार कोष संयोजक भिमा शिवाकोटीले एउटामाथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गर्नुभएकोमा चौधरीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघका सहसचिव रमेश तिवारी, सदस्यहरु प्रकाश बाँनिया, अस्मिता साँखी, तिर्थ तिम्सिना, कबिचन्द्र गुरागाई, गणेश कोइराला लगायतको उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमिति निर्वाचित भएपछि उपचार कोषमा सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । कोषको संयोजक शिवाकोटीले यो कार्यकालभित्र कम्तिमा १५ लाख पुराउने घोषणा गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2जन्मदिनको खर्च कटाएर चौधरीद्वारा प्रेस चौतारी झापाको उपचार कोषमा सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img