Homeसमाचारइण्डो-नेपाल टि–ट्वान्टी क्रिकेट स्विर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा

इण्डो-नेपाल टि–ट्वान्टी क्रिकेट स्विर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा

मेचीनगर २७ फागुन । झापाको मेचीनगर –४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै पेनोरिस ११ सेमिफाइनल प्रवेश गरेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल ठाकुरले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा ५६ रन बनाएका हुन्। त्यस्तै सिन्टु देवले १९ रन, करनजित रोयले १७ रन तथा बोनम अलि खान र अनुज रोयले समान १२ रन बनाए।
बलिङतर्फ विर्तामोडका लागि ज्ञानु श्रेष्ठले सर्वाधिक ५ विकेट लिए। उनले कसिलो बलिङ गर्दै ४ ओभरमा २५ रन दिएर ५ विकेट लिएका हुन्। त्यस्तै विर्तामोडका लागि विक्रम यादवले २ तथा दिपु चौधरी , समीर चौधरी र अर्पन कोइरालाले समान ११ विकेट हात पारे ।
१४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विर्तामोडले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन मात्रै बनाउन सक्यो । विर्तामोडले २५ रनको हार बेहोर्न बाध्य भयो । विर्तामोडका लागि भुपेस बजगाइँले सर्वाधिक ३३ रन बनाए। त्यस्तै विर्तामोडका लागि एलिस मण्डलले १९, समीर चौधरीले १७, ज्ञानु श्रेष्ठले १२ तथा सिवन्स बजगाइँले ११ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा विर्तामोडले हार बेहोर्न पुग्यो ।
यता बलिङतर्फ पेनोरिसका लागि बोनाम अलि खानले सर्वाधिक ४ विकेट लिए भने राकेश बर्माले ३ तथा करणजित रोय, अनुज रोय र देवाशिस मिथेले समान १र१ विकेट लिएका थिए। प्रतियोगिताको म्यान अफ द म्याच पेनोरिसका बोनाम अलि खान घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे। उनले बलिङतर्फ ४ विकेट लिएका थिए भने ब्याटिङतर्फ १२ रन प्रहार गरेका थिए। भोलिको खेल थण्डर -११ र दमक क्रिकेट क्लबबिच बिहान १० बजे शुरु हुनेछ ।
फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत-४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारइण्डो-नेपाल टि–ट्वान्टी क्रिकेट स्विर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img