HomeFeatured 2‘सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार’ विषयक तालिम सम्पन्न

‘सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार’ विषयक तालिम सम्पन्न

बिर्तामोड २७ फागुन । युवा तथा किशोर किशोरी अवस्थादेखि सकारात्मक सोचको उजागर हुनुपर्छ भन्ने उद्देश्यले बिर्तामोड नगरपालिका वडा नं. १० मा ‘सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार’ विषयक तालिम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता तथा वडास्तरिय महिला सञ्जालकी अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडामा सञ्चालित विद्यालयका कक्षा ११ र १२ का किशोर किशोरी, वडास्तरिय युवा समूहमा आवद्ध युवाहरु, सामुदायिक विद्यालयका शिक्षक, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।
वडास्तरिय बाल सञ्जालकी अध्यक्ष लीला अधिकारीले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दुर्योधन गुरुङ, वडा सदस्य धनमाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


आयोजकका तर्फबाट इन्दु पूर्वेलीले स्वागत गरेको कार्यक्रममा वडा सदस्य पृथ्वीबहादुर बस्नेत, वडासचिव ईश्वरी पौडेल, नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा मानसिकतालाई कसरी सकारात्मक बनाउने, सकारात्मक सोचका प्रभाव, सकारात्मक सोचले जीवनमा ल्याउने परिवर्तन र सफलता, नकारात्मक सोचतर्फ धकेलिनबाट प्राप्त हुने उर्जा, शरीरमा सकारात्मक सोच उजागरका लागि गर्नुपर्ने ब्यायाम, ध्यान, प्राणायाम, जागरण लगायतका विषयमा शैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।
बिर्तामोड नगरपालिका वडा नं. १० को सहयोगमा जनआन्दोलन मिडिया ग्रुपले आयोजना गरेको कार्यक्रममा महेन्द्रविलास लुईटेल र सुमना दाहालले सहजीकरण गर्नुभएको रञ्जिता खड्काले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार’ विषयक तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img