भद्रपुर फागुन । वि.सं. २०२२ सालमा स्थापित झापाको सदरमुकाम चन्द्रगढीस्थित बीरेन्द्र माध्यमिक विद्यालयले स्थापनाको ५९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलले गर्नु भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख पोखरेलले नगरपालिकाले प्रर्याप्त वजेट नभए पनि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकमा राखेको बताउँदै स्पष्ट पार्नुभयो
प्रधानअध्यापक खिलाराज कोईरालाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका आर्थिक , भौतिक लगायतका विषयलाई उजागर गर्दै समस्या र चुनौतिका बारेमा अवगत गराउनु भएको थियो ।
यस वर्षबर्ष उत्कृष्ट शिक्षकबाट शिक्षिका मन्जु चौधरीलाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा ८ ,९ र १० मा अध्ययनरत उत्कृष्ट १२ जना छात्रछात्रालाई विभिन्न कोषबाट प्राप्त रकमबाट पुरस्कार प्रदान गरिएको थियो भने खेलकुद लगायतका विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने ५ दर्जन माथिका विद्यार्थीलाई समेत प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
उत्कृष्ट छात्र छात्रालाई धर्मप्रसाद घमचन्द्र स्मृति छात्राबृत्ती, स्व. डिल्लीप्रसाद भट्टराई स्मृति कोष छात्राबृति , स्वं विधानाथ पवित्रादेवी तिम्सिना अक्षयकोष र केशर जमुना स्मृति छात्राबृत्ति पुरस्कारबाट छात्राबृत्ति पुरस्कार वितरण गरिएको प्रअ कोईरालाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष असारु राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रध्यानाध्यापक शिक्षक ,विद्यार्थी ,दाता लगायतको उल्लेखनीय मात्रामा सहभागी रहेको थियो ।
शिक्षक गिरीधर शर्मा कट्टेलले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका मन्जु दाहालले गर्नु भएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुबाट विभिन्न गित तथा नृत्य सहितको भव्य सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
बीरेन्द्र माविको ५९ औं बार्षिकोत्सव सम्पन्न

































































































