Homeखेलप्रथम अन्तर पालिकास्तरिय महिला फुटबल प्रतियोगितामा बिर्तामोडको शानदार जीत

प्रथम अन्तर पालिकास्तरिय महिला फुटबल प्रतियोगितामा बिर्तामोडको शानदार जीत

बिर्तामोड २६ माघ । झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथम अन्तर पालिकास्तरिय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ ।
बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५ ० गोलअन्तरको एकतर्फी जित निकालेको हो ।
एकोहोरो दबाब सिर्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ४ गोल गरिन् भने एक गोल अन्स्रिना आङबुहाङको नाममा रह्यो । बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १० औँ मिनेटमा गरेकी थिइन् । यसैगरी, १७ र १९ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेकी हुन् ।
यसैगरी, अन्स्रिनाले खेलको १५ औँ मिनेटमा गोल गरेकी थिइन् । बिर्तामोडका लागि लीला जोशी, हिमा रावत, रोशनी बोहोरा क्षेत्री र सुनकला राईजस्ता अनुभवी खेलाडी थिए । सुनकला प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् । उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप तीन हजार प्रदान गरेका थिए ।
भोलि (आइतबार) अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच खेल हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।
थ्यग कभलत

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलप्रथम अन्तर पालिकास्तरिय महिला फुटबल प्रतियोगितामा बिर्तामोडको शानदार जीत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img