HomeFeatured 2ताप्लेजुङ झापा सरोकार समाजको अध्यक्षमा पुनः काफ्ले

ताप्लेजुङ झापा सरोकार समाजको अध्यक्षमा पुनः काफ्ले

बिर्तामोड २६ माघ । ताप्लेजुङ झापा सरोकार समाजको पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः होमप्रसाद काफ्ले निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको आज बिर्तामोडमा सम्पन्न दशौं बार्षिक साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा शिवप्रसाद खरेल, लक्ष्मी अधिकारी र सावित्रा ओडारी शिवाकोटी, सचिवमा ढाँचाराज कडरिया, सहसचिवमा रमेशचन्द्र पुरी र कोषाध्यक्षमा पदमबहादुर तामाङ निर्वाचित भएका हुन् ।
त्यसैगरी समितिका सदस्यहरुमा नविन सिटौला, पदम पौडेल, देवीप्रसाद अधिकारी, तेजकुमार लिम्बू, कुमारी सेन्दाङ अर्जुन खरेल, भीमबहादुर मोक्तान तामा र शेरबहादुर मादेन निर्वाचित भएको निर्वाचन समिति संयोजक नारायणप्रसाद चौंलागाईले जानकारी दिनुभयो ।
यसअघि पं. नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसमामा संस्थाले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने राजेन्द्र सुवेदी, कोमल गुरागाँई लगायत अक्षयकोषका दातालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि राजेन्द्र सुवेदी, कोमल गुरागाँई, इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव उमानाथप्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2ताप्लेजुङ झापा सरोकार समाजको अध्यक्षमा पुनः काफ्ले
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img