Homeसमाचारअनेमसंघको १० औं जिल्ला सम्मेलन शुरु, पूर्व अध्यक्षहरुलाई सम्मान

अनेमसंघको १० औं जिल्ला सम्मेलन शुरु, पूर्व अध्यक्षहरुलाई सम्मान

बिर्तामोड २६ माघ । अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको १० औं जिल्ला सम्मेलन आजेदेखि बिर्तामोडस्थित अग्रसेन भवनमा शुरु भएको छ। पवित्रा पाठकको अध्यक्षतामा प्रारम्भ भएको सम्मेलनको अनेमसंघका केन्द्रिय अध्यक्ष एवं राष्टियसभाका सदस्य टुकाभद्र हमालले उद्घाटन गर्नुभयो ।
अनेमसंघ केन्द्रिय सदस्य तथा झापा ईन्चार्ज टीका बस्नेत, अनेमसंघ प्रदेश अध्यक्ष एवं कोशी प्रदेशका राज्यमन्त्री श्रृजना राई, केन्द्रिय सचिव वीणा राई, नेकपा एमाले लेखा आयोगका सदस्य जसमाया गजमेर, अनेमसंघ केन्द्रिय सदस्य लीला कट्टेल, केन्द्रिय बिभागका सदस्य पबित्रा निरौला, नेकपा एमाले केन्द्रिय सदस्य मीना पोख्रेल, नेकपा एमाले केन्द्रिय सदस्य तथा झापा ईन्चार्ज रोमनाथ ओली, अनेमसंघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले लगायतले सम्मेलनको भब्य सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो।


अखिल नेपाल महिला संघलाई आजको अवस्थामा पुर्याउने संस्थापक अध्यक्ष शोभा कुँवरसहित पूर्व अध्यक्षहरू पबित्रा निरौला, सीता बस्नेत, बिष्णु खड्का, टीका बस्नेत, शारदा सापकोटा, मेनुका काफ्ले, जसमाया गजमेरलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। जिल्ला उपाध्यक्ष रेनुका डाँगीले स्वागत र कोषाध्यक्ष कोपिला चौलागाईले सम्मान पत्र वाचन गरेको उद्घाटन सत्रको कार्यक्रमको संचालन सचिव लीला दाहालले गर्नुभएको थियो। ५२ जना प्रतिनिधि रहेको सम्मेलन भोलीसम्म चल्नेछ भने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअनेमसंघको १० औं जिल्ला सम्मेलन शुरु, पूर्व अध्यक्षहरुलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img