Homeखेलमाघ २६ गतेदेखि बिर्तामोडमा प्रथम नकआउट महिला फुटबल प्रतियोगिता हुने

माघ २६ गतेदेखि बिर्तामोडमा प्रथम नकआउट महिला फुटबल प्रतियोगिता हुने

बिर्तामोड २० माघ । बिर्तामोड नगरपालिकाले पहिलो पटक अन्तरपालिका महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने प्रथम महिला अन्तरपालिका फुटबल प्रतियोगितामा झापाका १० वटा पालिकाको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनुभयो ।
महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगिता बिर्तामोड ३ स्थित डोमालाल रंगशालामा सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद तीनलाख र दोस्रो हुनेलाई एकलाख ५० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ भने उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि ३४ लाख ६६ हजार लागत अनुमान गरिएको प्रतियोगिताबाट ३ हजार खेलाडी लाभान्वित हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकासहित भद्रपुर, मेचीनगर, अर्जुनधारा, दमक, शिवसताक्षी र कनकाई नगरपालिका तथा बुद्धशान्ति, झापा र कमल गाउँपालिकाको सहभागिता रहने बताइएको छ ।
महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईले बताउनुभयो । प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले नगर खेलकुद विकास समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि प्रसाईले महिलाले पनि फुटबल खेल्न सक्छन् भन्ने कुराको विश्वास दिलाउन तथा खेल क्षेत्रमा महिलाको पनि भविष्य छ भन्ने सन्देश दिनका लागि पनि नगरपालिकाले महिला फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनु भयो ।
नगर उपप्रमुख नगेन्द्र संग्रौलाले नगरपालिकाले सबै खेलकुद विधालाई उत्तिकै प्राथमिकतामा राखेको जानकारी दिनुभयो । त्यस्तै फुटबल प्रशिक्षक भगिरथ आले मामाले महिलालाई फुटबलमा आकर्षण बढाउन पनि प्रतियोगितालाई आकर्षक बनाउनु पर्नेमा जोड दिनुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण सचिव विसन लिम्बुले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलमाघ २६ गतेदेखि बिर्तामोडमा प्रथम नकआउट महिला फुटबल प्रतियोगिता हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img