HomeFeatured 2मुक्तियाेद्वा आङ्देम्वे राजनीतिक इमान्दारिताका पर्याय : नेता सिटौला

मुक्तियाेद्वा आङ्देम्वे राजनीतिक इमान्दारिताका पर्याय : नेता सिटौला

जलथल १९ माघ । मुक्तियाेद्वा अमृतबहादुर आङ्देम्वेकाे आज संस्कार अनुसार अन्त्येष्टि गरिएकाे छ । अहिंसात्मक आन्दोलनबाट प्रजातन्त्र प्राप्त हुने अवस्था नदेखेपछि नेपाली कांग्रेसले २००७ सालमा शुरू गरेकाे  मुक्तियाेद्वा आङ्देम्वेकाे पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गर्नु भएकाे थियाे ।साे क्रममा नेता सिटाैलाले निष्ठाकाे राजनीतिका पर्यायका रूपमा रहेका आङ्देम्वेकाे निधनले पार्टीलाई अपुरणीय क्षति पुगेकाे बताउनु भयाे । कांग्रेस नेताहरू कृष्णप्रसाद भट्टराई,विपी काेइराला, भुविक्रम नेम्वाङ, सिके प्रसाईं, गिरीजाप्रसाद, सुशील काेइराला जस्ता नेताहरू सहपाठी रहेका स्व. आङ्देम्वे पार्टीका इमान्दार कार्यकर्ताकाे रूपमा चिनिएकाे नेता सिटौलाले बताउनु भयाे । राणा शासन विरूद्व हतियार उठाएर जनताकाे मुक्तिका लागि लडेका मुक्तियाेद्वा आङ्देम्बेले कहिलेपनि आफूलाई परेकाे दु: ख पाेखेर गुनासाे नगरेकाे नेता सिटौलाले बताउनु भयाे । आजकाे दिनमा इमान्दारिताकाे राजनीति गर्नसके मात्रै स्व. अमृतबहादुरप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयाे । अमृतबहादुरकाे शनिबार दिउसाे चारकाेसे जंगलकाे चिहानडाँडामा लिम्बू परम्परा अनुसार अन्त्येष्टि गरिएकाे छ । १९८२ सालमा पाँचथरमा जन्मिएका आङ्देम्वेकाे शुक्रवार साविक जलथल नाै कञ्चनश्रीस्थित निजी निवासमा ९९ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।

 https://janaandolan.com/?p=18912

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मुक्तियाेद्वा आङ्देम्वे राजनीतिक इमान्दारिताका पर्याय : नेता सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img