माघ २१ , सोमबार । नेवा संस्था नेवा: पासा मुना पुच: बिर्तामोडको आयोजनामा बिर्तामोडमा सामुहिक बेलबिबाह( ईही) कार्यक्रम सम्पन्न भएको छ ।
नेवा: पासा मुना पुच:ले श्री पंचमीको अवसर पारेर आज दासपुल स्थित भिमसेन मन्दिर परिसरमा सामुहिक बेलबिबाह( ईही ) कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा नगरबासी नेवा: कन्या समराज्ञी प्रधान,आईशा श्रेष्ठ र भारत दार्जिलिङ पानीट्यांकीका दर्पन प्रधानको नेवार संस्कार अनुसार बेलबिबाह गरिएको आयोजक संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनु भयो।
उक्त सामुहिक बेलबिबाह कार्यक्रममा संयोजकको भूमिका तारा देवी श्रेष्ठले र सहयोगीको भूमिका गीता देवी श्रेष्ठले निर्वाह गर्नु भएको थियो।
नेवार संस्कारमा , नेवा: कन्याको रजस्वला हुनुअगावै बिजोर बर्ष ५,७,९ या ११ मा धार्मिक बिधि अनुसार बेल संग बिबाह गर्ने चलन रहिआएको छ। बेल संग बिबाह गरेपछि नेवा कन्या कहिले पनि विधवा नहुने विश्वाश गरिन्छ।
भाषा र संस्कृतिको जगेर्ना गर्दै आएको नेवा: पासा मुना पुच:ले बिगत दश बर्ष हरेक बर्ष सामुहिक बेलबिबाह( ईही), ब्रतबन्ध ( कयता पूजा),लाखे जात्रा , खाना महोत्सव लगायत नेवा संस्कार अनुसारको विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
सामुहिक बेलबिबाह सम्पन्न
