बिर्तामोड माघ । जनकल्याण प्रतिष्ठान अन्तरगत एकल विद्यालय अभियान नेपाल (बाल संस्कार केन्द्र) को सत्संग भवन हल्दिबारी–३ ढडुवा चोक उत्तर शिलान्यास भएको छ ।
निमार्ण गर्न लागेको भवनको लम्बाई ६० फुट र चौडाई २० फुट रहने छ। जसभित्र २ कोठा, शौचालय र स्नान घर रहने शुक्रबार (शुक्रबार) शिलान्यास कार्यक्रममा जानकारी दिइएको हो। यहि वर्षको अन्तिम सम्ममा भवनले स्वरूप पाईसक्ने जनाएको छ। श्री हरि सत्सग समिति नेपाल राष्ट्रिय उपाध्यक्ष पं. सोम नाथ सुवेदीले बताए।
ईश्वरा तिवारीले संस्थालाई निःशुल्क दिएको १ कठ्ठा जग्गामा संस्थाले भवनको शिलान्यास गरेको हो। संस्थाका झापा जिल्ला अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि जनकल्याण प्रतिष्ठान प्रदेश अध्यक्ष जितेन्द्र राठि र उनकी धर्मपत्नि, हल्दिबारी सञ्च अध्यक्ष लखन हेमराम, हिन्दु स्वयंसेवक संघ मेची कार्यवाह ईश्वर पोखरेल जनकल्याण प्रतिष्ठान नेपाल अभियान प्रमुख योगमाया न्यापौने, जग्गादाता ईश्वरा तिवारी, हल्दिबारी वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापा, भवन निर्माण समिति संयोजक राजेन्द्र बानिया, श्री हरि सत्सग समिति नेपाल राष्ट्रिय उपाध्यक्ष पं. सोमनाथ सुवेदी,पं. नरेश अधिकारी लगायत स्थानीय अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो
बाल संस्कार केन्द्रको हल्दिबारीमा शिलान्यास

































































































