बिर्तामोड १२ माघ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अपाङ्गता भएका ब्यक्तिहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाको दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभापति थेवेले पार्टीको विधान पूर्ण समावेशी रहेको, अपाङ्गता भएका ब्यक्ति तथा हरेक जातजाति, लिङ्गका लागि कोटा छुट्याइएको बताउनुभयो ।
उहाँले पार्टीले पूर्ण समावेशी नीति अवलम्बन गरेको तर सरकारले अपाङ्गता भएका ब्यक्तिहरुका समस्या पूर्ण समाधान गर्न नसकेको बताउँदै समस्या समाधान, सहभागिता र अपाङ्गमैत्री भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले आर्थिक र शारीरिक मापदण्डका आधारमा आरक्षण दिने ब्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुको मेची आँखा अस्पतालमार्फत निःशुल्क उपचार गरिदिने उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका पूर्व उपसभापति राम कट्टेल, भक्तबहादुर परियार, दिपक थापा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ झापाका अध्यक्ष गंगाप्रसाद संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय प्रतिनिधि एवं संघका केन्द्रीय सदस्य धर्मराज घिमिरेले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन जयकुमार दाहालले गर्नुभएको थियो ।
संघको दोस्रो अधिवेशनले पुनः गंगाप्रसाद संग्रौलाकै नेतृत्वमा जिल्ला कार्य समिति गठन गरेको छ । संघको उपाध्यक्षमा भक्तबहादुर परियार, सचिवमा दिपक थापा, सहसचिवमा मदन ढकाल र कोषाध्यक्षमा अम्बिका पोखरेललाई चयन गरेको छ ।
सर्वसम्मत रुपमा गठित समितिका सदस्यहरुमा निलादेवी भट्टराई, पिताम्बर खड्का, अनितासिंह क्षेत्री, सोम न्यौपाने, जनार्दन न्यौपाने, तारा रणपहेली, रामा कामती, अस्विनीकुमार काफ्ले, रविन्द्रकुमार न्यौपाने, रामराज गणेश चयन हुनुभएको छ ।
संघको विधान अनुसार प्रत्येक क्षेत्रबाट क्षेत्रीय सभापतिसहित पाँच–पाँचजना महाधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । अधिवेशनले १ नम्बर क्षेत्रीय सभापतिमा तोकप्रसाद दुलाल, महाधिवेशन प्रतिनिधिमा सृजना कट्टेल, विश्वविजय घिमिरे, अनिस काफ्ले, नरेन्द्र मेयाङबोलाई चयन गरेको छ ।
यसैगरी झापा क्षेत्र नं–२ अन्तरगत हरिप्रसाद अधिकारी क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा दिपक थापा, अम्बिका बास्कोटा, कृष्ण रिजाल र विना कटुवाल चयन हुनुभएको छ ।
अधिवेशनबाट ३ नम्बर क्षेत्रीय सभापतिमा चन्दनकुमार महतो, महाधिवेशन प्रतिनिधिमा लक्ष्मी भट्टराई, भक्तबहादुर परियार, दिवस खड्का र मुन्नी कार्की चयन हुनुभएको छ ।
यसैगरी ४ नम्बर क्षेत्रीय सभापतिमा सुष्मा कटुवाल, महाधिवेशन प्रतिनिधिमा यमुना खतिवडा, चन्द्रा पौडेल, लक्ष्मी मुर्मु र मदन ढकाल चयन हुनुभएको छ ।
अधिवेशनले झापा क्षेत्र नं–५ को सभापतिमा लंकबहादुर खड्का, महाधिवेशन प्रतिनिधिमा तारा खत्री, पिताम्बर खड्का, भक्तबहादुर बस्नेत र पुण्यप्रसाद अधिकारीलाई चयन गरेको छ ।
भेलामा उपस्थित अपाङ्गता भएका ब्यक्तिहरुले चाहेर कोही पनि अपाङ्ग नभएको बताउँदै अपाङ्गता भएका ब्यक्तिहरुलाई माया र अवसर दिन, राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न, अल्पसंख्यक र अपाङ्गता भएका ब्यक्तिलाई एउटै कोटामा नराख्न आग्रह गरेका छन् । ालित कार्यक्रम गरिएको थियो ।
अपाङ्गता भएकाहरुको समस्या समाधानको पहल गर्ने थेवेको प्रतिबद्धता

































































































