Homeसमाचारपाथीभरा टोल सुधार संस्थाको मूल समितिको अध्यक्षमा चिमरिया

पाथीभरा टोल सुधार संस्थाको मूल समितिको अध्यक्षमा चिमरिया

बिर्तामोड १२ माघ । बिर्तामोड नगरपालिका–५ स्थित पाथीभरा टोल सुधार संस्थाको नवौ अधिवेशनबाट नारायण चिमरिया अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न १७ औं बार्षिक साधारणसभा तथा नवौं अधिवेशनले चिमरियाको अध्यक्षतामा संस्थाको मूल समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गंगाराज प्रसाई, सचिवमा छविकृष्ण बराल, सहसचिवमा सिता तिम्सिना र कोषाध्यक्षमा कृष्ण अधिकारीलाई चयन गरेको छ ।
११ सदस्यीय कार्यसमितिको सदस्यहरुमा महेन्द्र अधिकारी, देवि पोख्रेल, हस्तराज राई, कृष्ण गुरागाँई, कल्पना विमली र हेमराज अधिकारी रहेका छन् ।
त्यसैगरी संस्थाको महिला समितिको पनि नयाँ नेतृत्व शनिबारै चयन गरिएको छ । १३ सदस्यीय महिला समितिको अध्यक्षमा निर्मला कडरिया, उपाध्यक्षमा गोमा खतिवडा, सचिवमा यमुना तिवारी, सहसचिवमा गिता ओली प्रसाई र कोषाध्यक्षमा रुपा प्रसाई रहेका छन् ।
समितिको सदस्यहरुमा शुशिला फुयाल, अनिता संग्रौला, देउमाया कार्की, जमुना गुरागाँई, विष्णु राई, उर्मिला भट्टराई, दुर्गा पौडेल र शुष्मा खाती रहेका छन् ।
संस्थाको आफ्नै भवनमा सम्पन्न १७ ओै साधारणसभामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने सहयोगी दाता, ज्येष्ठ नागरिक, उत्कृष्ट बुहारी, घर, आँगनदेखि टोलसम्म सरसफाई गर्नुपर्छ भनेर अग्रसर हुने व्यक्ति, एसइइ उत्कृष्ठ विद्यार्थी, ध्यान प्रशिक्षक लगायतलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा गंगाप्रसाद प्रसाई, नन्दीकेशर निरौला, हस्तराज राई, गोपाल कडरिया, ज्येष्ठ नागरिक भवानीप्रसाद चिमरिया, उत्कृष्ट बुहारी सम्मानबाट मेनुका बास्कोटा सम्मानित हुँदा घर आँगन र टोलको सरसफाईमा सक्रिय रहेको भन्दै देउमाया कार्कीलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई सम्मान पत्रद्वारा सम्मान गरिएको कार्यक्रममा २०८० सालको एसइइमा टोलबाट सहभागी छात्र छात्रामध्येबाट छात्रतर्फ नवराज शिवाकोटी र श्रेया रिजाल पुरस्कृत भएका छन् । नवराजले टिएन चम्लागाँईद्वारा स्थापना गरिएको तिलरुपमा स्मृति पुरस्कार र विवेशकेशरी र संगिताबाबा प्रसाईले स्थापना गरेको पुरस्कार प्राप्त गर्दा रिजालले चतुर्भुज भद्रशिला पुरस्कार प्राप्त गरिन् । कार्यक्रममा पहिलो सन्तानका रुपमा रियासा साहलाई सम्मान गरिएको थियो । त्यसैगरी सम्मानित हुनेमा जीवन विज्ञानकी प्रशिक्षक पुष्पा गौतम भण्डारी रहनु भएको थियो ।
सो अवसरमा संस्थाले बार्षिक रुपमा गरेका गतिविधि र भावी योजना समेटिएको बार्षिक प्रतिवेदन अध्यक्ष शिवाकोटीले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको भवन निर्माणबारे भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले जानकारी गराउनु भएको थियो । कोषको प्रतिवेदन कोषाध्यक्ष तोया दाहालले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाई, विशेष अतिथि बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई, पूर्व अध्यक्षका तर्फबाट मोहन ओली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नवनिता शिवाकोटीसहितका टोलभित्रका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए भने महिला समितिले गीतमार्फत स्वागत गरेका थिए ।
सचिव छविकृष्ण बरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष राजेस प्रसाईले गर्नुभएको थियो ।
पाथीभरा टोल सुधार संस्था २०६५ सालमा स्थापना भएको हो । हाल सो टोलमा १४५ घर आवद्ध रहेको अध्यक्ष तेजप्रसाद शिवाकोटीले जानकारी दिनुभयो । संस्थाको आफ्नै भवनमा सञ्चालित कार्यक्रम गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपाथीभरा टोल सुधार संस्थाको मूल समितिको अध्यक्षमा चिमरिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img