Homeसमाचारनेपाल भूतपूर्व सैनिक संघ झापाको अध्यक्षमा टेकबहादुर

नेपाल भूतपूर्व सैनिक संघ झापाको अध्यक्षमा टेकबहादुर

बिर्तामोड १० माघ । नेपाल भूतपूर्व सैनिक संघ झापाको छैटौं जिल्ला अधिवेशनले टेकबहादुर श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ ।
सर्वसम्मत रुपमा गठित समितिको सचिवमा शेरबहादुर मादेन, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यहरुमा सलबहादुर गुरुङ, टिका बराल, दिलबहादुर खड्का, लक्ष्मी राई, कुमार गुरुङ, देबबहादुर चेम्जोङ, लक्ष्मी मादेन, गोपालधन गुरुङ, णकबहादुर खड्का, अरुण लिम्बू, उत्तरबहादुर गुरुङ, रिता मल्लिक, सुरजकुमार श्रेष्ठ, पूर्णबहादुर नगरकोटे मगर, दुर्गादेवी मगर, निर्मला प्रधान र रुपनारायण तामाङ निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक जलकुमार गुरुङले जानकारी दिनुभयो ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कमलकुमार गुभाजु, मेनबहादुर थिङ तामाङ, निर्मला गुरुङ, मनिकुमार राई, अमरसिंह आङदेम्बेलाई सर्वसम्मत रुमा चयन गरेको निर्वाचन समिति सदस्य जयकुमार दाहालले जानकारी दिनुभयो । संघको विधान अनुसार केन्द्रीय सदस्य लालबहादुर लिम्बू थेवे स्वत महाधिवेशन प्रतिनिधि हुनुभएको छ ।
यसैगरी अधिवेशनबाट कोशी प्रदेश अधिवेशन प्रतिनिधिमा कमल सेवा, शान्ता कार्की, राजेन्द्र श्रेष्ठ, डिकबहादुर लिम्बू, भागिमान गुरुङ र विरबहादुर बोखिम सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति सदस्य इन्दु पूर्वेलीले जानकारी दिनुभयो । संघको विधान अनुसार निर्वाचित सदस्यमध्येबाट ३ जना उपाध्यक्ष, ३ जना सहसचिव र १५ जना सदस्य अधिवेशन प्रतिनिधिमध्येबाट मनोनित हुनेछन् ।
अधिवेशनको उद्घाटन समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले देशविदेशमा पुगेर इमान्दारीपूर्वक दिएको सेवाकै कारण नेपाली वा गोर्खाली सेनाले राम्रो चर्चा कमाएको उल्लेख गर्नुभयो ।
भूपू सैनिक र नेपाली कांग्रेसको सम्बन्ध नङ र मासुजस्तै रहेको चर्चा गर्दै उहाँले गाउँ÷नगर तहमा संगठन विस्तार गरेर नेपाली कांग्रेसले लिएको नीति राष्ट्रियता लोकतन्त्र र समाजवादी दृष्टिकोणलाई गाउँ÷गाउँसम्म प्रचार गर्न आग्रह गर्नुभयो ।
टेकबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा केन्द्रीय प्रतिनिधि एवं संघका केन्द्रीय सदस्य लालबहादुर थेवे, नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, मेजर श्याम गुरुङ, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष दिलकुमार नेम्बाङलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कमलकुमार गुभाजुले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर मादेनले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल भूतपूर्व सैनिक संघ झापाको अध्यक्षमा टेकबहादुर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img