Homeसमाचारअलैंचीकोे ब्यागदेखि जुम्लाको मार्सी र रुकुमको भीर मौरीको महसम्म एकैठाउँ

अलैंचीकोे ब्यागदेखि जुम्लाको मार्सी र रुकुमको भीर मौरीको महसम्म एकैठाउँ

बिर्तामोड ९ माघ । बिर्तामोडमा आयोजित अन्तराष्ट्रिय व्यापार महोत्सवले पूर्वी र पश्चिमी नेपाललाई जोडेको छ । महोत्सवकै कारण नेपालको पश्चिमी भाग जुम्ला र सुदुरपूर्व ताप्लेजुङलाई जोडेको हो । जुम्लाकी गंगादेवी राउत आफ्नै खेतीमा उत्पादन भएको अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुग्दा ताप्लेजुङकी माया गुरुङ अलैंचीबाट निर्माण भएका सामग्रीहरु लिएर स्टलमा आइपुगेकी छन् । ब्यापार महोत्सवले पूर्व र पश्चिमलाई जोडेका यी प्रतिनिधिमुलक पात्र मात्र हुन् । महोत्सवमा आफ्नो उत्पादनको ब्यापार र प्रचार दुवै हुने भएपछि उनीहरु माघको चिसोमा पनि महोत्सवमा स्टल राख्न आइपुगेका हुन् । जुम्लाकी गंगाले आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै, जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखरपनि उनको स्टलमा रहेको छ भने ताप्लेजुङस्थित फुङ्लिङकी माया गुरुङले अलैंचीको रेसाबाट निर्मित हस्तकलाका आर्कषक सामग्रीले स्टल सजाएकी छिन् । उनले यो सीप विकासका लागि परामर्श समेत प्रदान गर्ने बताइन् । आफू र आफू जस्तै महिलाहरुको आर्थिक क्षमता अभिवृद्धिका लागि विगत लामो समय यता गुरुङले यो व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।
त्यस्तै पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर माहुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधिय गुण भएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ ।
अग्यार्निक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो बस्तु र परामर्श सहित महोत्सवको स्टलमा पुगेकी छिन् । राष्ट्रिय अन्तराष्ट्रिय बजारमा पाइने बस्तु र सेवाहरुको एकै थलोबाट अवलोकन र बिक्री बितरणका लागि सञ्चालन गरिएको यो महोत्सवमा पूर्वी नेपालमा उत्पादित चिया, अलैँची , मसला र जडीवुटीहरु पनि व्यवसायीहरुले सजाएका छन् ।
मेचीनगरमा रहेको एड्भान्स मल्टी प्रोडक्सन कम्पनी प्रा.लि.ले अग्यार्निक सामग्रीको प्रयोगमा जोड दिँदै सुपारीका पातबाट बनाइएका घरायसी सामग्री बिक्री बितरणका लागि राखेको छ ।
यो महोत्सवले सिङ्गो नेपाल सहित भारत, वंगलादेश, पाकिस्तानका व्यवसायीलाई एकै थलोमा जोडेको छ । अघिल्ला महोत्सवमा जस्तै यस पटक पनि उपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।
झापाकै जिना बस्नेत १२ वटा फरक ÷फरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छिन् । उनको स्टलमा हस्तकलाका माला , कुसन र गुडिया (डल) भेटिन्छन् । च्याउको सुकुटी पनि उनले राखेकी छिन् । सहारा सतासी महिला महुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ । स्वरोजगार मुलक उद्योगका सञ्चालकलाई बिशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम , वंगलादेशी गामेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन् ।
वाणिज्य संघ अन्तरगतकै महिला उद्यमी समूहले अग्यार्निक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले जनाएकी छिन् । महोत्सव स्थलमा अन्य विभिन्न होटलहरु समेत सञ्चालनमा रहेका छन् । अवलोकन कर्ता र बालवालिकाका लागि खेलकुदका सामग्री साथै प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति प्रत्येक दिन रहने महोत्सव संयोजक विशाल थापाले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअलैंचीकोे ब्यागदेखि जुम्लाको मार्सी र रुकुमको भीर मौरीको महसम्म एकैठाउँ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img