सुरुङ्गा पुस । सुरूङ्गा प्रेस क्लवको सम्पन्न तेस्रो अधिवेसनबाट अध्यक्षमा लीलाराज झापाली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । समितिको उपाध्यक्षद्वयमा संगीता उप्रेती र सिएम शर्मा, सचिवमा मनोज बस्नेत, सहसचिवमा अनुप बस्नेत, कोषाध्यक्षमा चन्द्रकुमार बस्नेत र सदस्यहरुमा आईपी भट्टराई, जनक न्यौपाने ,केशव चापागाई, सुस्मा कुमाल, सूर्यप्रकाश अधिकारी चयन भएका छन् ।
संस्थाका अध्यक्ष राम निरौलाको अध्यक्षता तथा कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो अधिवेशन तथा पाँर्चौ बार्षिक साधारणसभामा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको टिमसहित महासंघका विभिन्न तहमा निर्वाचित पत्रकारलाई सम्मान गरिएको थियो । सुरूङ्गास्थित होटल डिलाइटमा आयोजित कार्यक्रममा पुराना पत्रकार अमृत योङहाङलाई सम्मान गरिएको कार्यक्रममा समृद्धि र सञ्चार विषयमा सन्तोष आचार्यले स्थानीय तहमा भएका विकास र परिवेशबारे प्रकाश पारेका थिए ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष निरौलाले प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि गिरी, अतिथिहरु कनकाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष युवराज चौलागाँई, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई, कनकाई धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष गिरीराज भट्राई, सम्मानितका तर्फबाट अमृत योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव मनोज बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सावित्रा दाहालले स्वागत तथा ओैचित्यमाथि प्रकाश पारेकी थिइन ।
सुरुङ्गा प्रेस क्लबको नयाँ नेतृत्व चयन अध्यक्षमा झापाली

































































































