Homeसमाचारकृषि बजार ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पौडेललाई भ्रष्टाचार आरोप, अख्तियारले माग्यो स्पष्टिकरण

कृषि बजार ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पौडेललाई भ्रष्टाचार आरोप, अख्तियारले माग्यो स्पष्टिकरण

बिर्तामोड २५ पुस । कृषि उपज बजार व्यवस्थापनका क्रममा बजारभित्र निर्माण गरिएका भौतिक संरचना निर्माण गर्दा र पसल वितरण गर्दा आफूलाई लाभ हुनेगरी काम गरेको भन्दै बिर्तामोडस्थित कृषि उपज बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कमल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले भ्रष्टाचार आरोपमा स्पष्टीकरण माग गरेको छ ।


आयोगले बिर्तामोड नगरपालिका अन्तरगत रहेको कृषिथोक बजार भित्रको शौचालय निर्माण गर्दा जति खर्च भएको हो, त्यो भन्दा दोब्बरभन्दा बढी बजेट पास गरेको, कोल्ड स्टोर निर्माण सम्बन्धी बजेट विनियोजन, खरिद विधि, सम्झौता, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, खर्च भएको/गरेको देखिने बिल भर्पाइहरु अन्तिम भुक्तानीको गाश्वारा भौचर लगायतका कागजातहरुको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन भनेको छ ।
त्यसैगरी ३ वटा बुँदामा स्पष्टीकरण माग गरेको आयोगले आफूलाई लाभ हुनेगरी बजारभित्रका पसलहरु वितरण गरेको भन्ने सन्दर्भमा पसलसंगको सम्झौता र निर्णय समेतका कागजात उपलब्ध गराउन भनेको छ ।
२०७७ साल पुसमा निर्वाचित पौडेलले २०८० साल फागुनसम्म कृषि बजार व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकृषि बजार ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पौडेललाई भ्रष्टाचार आरोप, अख्तियारले माग्यो स्पष्टिकरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img