Homeसमाचारपृथ्वीको सम्झना यसकारण महत्वपूर्ण

पृथ्वीको सम्झना यसकारण महत्वपूर्ण

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई मुलुकले लामो समयदेखि राष्ट्रिय पर्वका रूपमा मनाउँदै आएको छ । हरेक वर्षको २७ पुसमा राष्ट्रिय एकता दिवसको रूपमा मनाउने परम्परा गणतन्त्र स्थापना भएपछि केही वर्ष अवरुद्ध भए पनि सरकारले केही पुनः त्यसलाई निरन्तरता दिने निर्णय गरेको थियो । पृथ्वीनारायण शाहको योगदानलाई मुलुकले कदर गर्नुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा विगत एक दशकसम्म ठूलो बहस भयो । उनको योगदानलाई कदर गर्नुपर्छ भन्ने पक्षमा ठूलो जनमत देखियो । गणतन्त्र स्थापना लगत्तै राज्यद्वारा पृथ्वी जयन्ती मनाउन छाडिए पनि जनस्तरबाट भने निरन्तरता दिइएको थियो । लोकतन्त्रमा जनचाहना नै सर्वोपरी हुन्छ । जनताको चाहनालाई कदर गर्दै राज्यले पृथ्वी जयन्ती मनाउने निर्णय गरेको हो ।
हजारौँ वर्ष पुरानो नेपालको इतिहासमा देशको आकार कहिले निकै ठूलो र कहिले निकै सानो भएको देखिन्छ । यसमध्ये सबैभन्दा पछिल्लो कालखण्डको एकीकरण पृथ्वीनारायण शाहको नेतृत्वमा भएको हो भन्ने कुरामा कुनै विवाद छैन । यस हिसाबले उनी आधुनिक नेपालका राष्ट्रनिर्माता हुन् । हामी अहिले नेपालीका रूपमा गौरवान्वित हुनुमा पृथ्वीनारायण शाहको सबैभन्दा ठूलो योगदान छ ।
मुलुकको एकीकरणमा योगदान पु¥याए पनि निरंकुश राजतन्त्रको पादुर्भाव गरेका कारण पृथ्वीनारायण शाहलाई महत्व दिइरहनु पर्दैन भन्ने तर्क नउठेका होइनन् । वास्तवमा विगत एक दशकसम्म यिनै तर्कको सेरोफेरोमा बहसहरू भए । रचनात्मक छलफल, विवाद तथा बहसद्वारा नै उचित निष्कर्षमा पुग्न सकिन्छ । वास्तवमा पृथ्वीनारायण शाह निरंकुश राजतन्त्रका पादुर्भाव कर्ता थिएनन् । बरु उनले एकीकरणका क्रममा यस भूखण्डका करिब चार दर्जन निरंकुश राजाहरूको उन्मुलन गरे ।
उनी आपैm निरंकुश राजा थिएनन् भन्ने कुरा इतिहासमा उल्लिखित विभिन्न घटनाक्रम तथा दिव्योपदेशद्वारा पुष्टि हुन्छ । राजाको संरक्षकत्वमा जनताका प्रतिनिधिहरूले शासन गरे भने मात्रै राष्ट्रियता बलियो हुन्छ भन्ने मान्यताको पादुर्भाव एसियाली देशमा पृथ्वीनारायण शाहले नै गरेका हुन् । कुनै पनि महानायकको स्मृतिमा विविध कार्यक्रम गरिनुको एक मात्रै कारण हो उसको गुण र योगदान बारे भावी पुस्ताले पाठ सिकून् । तर, पृथ्वीनारायण शाहको स्मृतिमा भएका कार्यक्रमहरू वर्षको एकपटक गरिने श्राद्धजस्तो कर्मकाण्डमा मात्रै सीमित गरियो ।
उनले भूगोलको एकीकरणमा पु¥याएको योगदान बारे उनका उत्तराधिकारीहरूले जनतालाई सुसूचित बनाउँदै लगे । तर, प्रजातन्त्रप्रतिको योगदानलाई भने पूरै ओझेलमा पारियो । गणतन्त्र स्थापनासँगै जनताद्वारा पृथ्वीनारायण शाहको शालिक उखलेर फाल्ने अवस्था उत्पन्न हुनुको कारक उनैका उत्तराधिकारीहरू हुन् । आफू र आफ्ना सन्ततीलाई निरंकुश शासक बनाउन नै पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरेका हुन् भन्ने सन्देश उनीभन्दा पछिका राजाहरूले दिंदै गए । बास्तवमा पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको पालादेखि नेपालमा राजतन्त्र धेरै नै निरंकुश भएको हो ।
यो मामिलामा महेन्द्र शाह सबैभन्दा अगाडि रहे । उनले २००७ सालको जनक्रान्तिका उपलव्धि उल्ट्याएर निरंकुशताको पुनरोदय गराए । जबकी जनता जो देखि खुसी हुन्छन् उसैलाई काजी बनाउनु भन्ने कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ । एक प्रसंगमा उनले भनेका छन्, ‘विराज बखेतीलाई काजी बनाउने मेरो इरादा थियो, यसका लागि जनताको राय बुझ्न दूतहरू पठाएँ, जनता विराज बखेतीलाई होइन कालु पाण्डेलाई काजीको रूपमा देख्न इच्छुक रहेको सूचना दूतहरूले ल्याए, जनताको यो रायलाई कदर गर्दै कालु पाण्डेलाई नै काजी बनाएँ ।’
त्यतिवेला अहिलेको जस्तो मतदान गर्ने प्रविधिको पादुर्भाव भएको थिएन । जनताको राय बुझ्नका लागि घरघरमा दूतहरू पठाएर सर्वेक्षण गर्ने परिपाटी पृथ्वीनारायण शाहले सुरु गरेका थिए । भूगोल मात्रै एकीकरण गरेर राष्ट्रको निर्माण हुँदैन, त्यो भूगोलभित्र बस्ने जनताको रायअनुसार राज्य सञ्चालन भयो भने मात्रै राष्ट्र निर्माण हुन्छ भन्ने मान्यता पनि उनले स्थापित गरेका थिए ।
तर, उनको यो पाटोलाई पूरै ओझेलमा पार्ने गल्ती उनकै उत्तराधिकारीद्वारा भयो । भूगोलको एकीकरण मात्रै नभएर प्रजातान्त्रिक परिपाटीका लागि पृथ्वीनारायण शाहले पु¥याएको योगदान बारे अहिलेको पुस्तालाई सुसूचित गराउनु जरुरी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपृथ्वीको सम्झना यसकारण महत्वपूर्ण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img