भद्पुर ११ पुस । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा ५३ जनालाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको सभाहल चन्द्रगढीमा बिहीबार आयोजित कार्यक्रमका बीच भद्रपुर नगरपालिकाभित्रका १० वटै वडाबाट ज्येष्ठ नागरिकको सेवा गर्नेमध्येबाट १/१ जना असल स्याहारकर्ता तथा १० वटै वडाबाट ६० बर्ष देखि ७० बर्ष सम्मका ४३ जना अपाङ्ग ज्येष्ठसहित ५३ जनालाई सम्मान गरिएको थियो ।
नगरपालिकाको सामाजिक शाखाको आर्थिक सहयोग तथा ज्येष्ठ नागरिक नगर समन्वय समिति भद्रपुरको आयोजनामा सम्मान कार्यक्रम गरिएको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल समितिका अध्यक्ष हेमप्रसाद खनाल लगायतले असल स्याहार कर्ता १० जनालाई पानी तताउने विद्युतीय जग, र दोसल्ला ओढाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।
यसै गरी नगरभित्रका ४३ जना ज्येष्ठ अपाङ्गहरुलाई न्यानो सिरक सहित नगद प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले नगरपालिकाले अपाङ्ग तथा जेष्ठ नागरिकको, क्षेत्रमा विभिन्न कार्य योजनाहरु ल्याएको बताउदै केन्द्रीय तथा प्रादेशिक सरकारले स्थानिय सरकारसंग समन्वयन गरि थप कार्य योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख राधा कार्की प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला समन्वय समिति झापाका उपाध्यक्ष सुर्यनारायण गणेश, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कंडेलले मन्तव्य राखेका थिए । हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले र संचालन सचिव ईश्वर पोखरेलले गर्नु भएको थियो ।
ज्येष्ठ नागरिक दिवसमा भद्रपुरका ५३ जनालाई सम्मान

































































































