HomeFeatured 2नेपाल हार्ट फाउण्डेशनको केन्द्रीय सभा झापामा हुने

नेपाल हार्ट फाउण्डेशनको केन्द्रीय सभा झापामा हुने

बिर्तामोड ११ पुस । नेपाल हृदय रोग निवारण केन्द्र (हार्ट फाउण्डेशन) को केन्द्रीय सभा झापामा हुने भएको छ । केन्द्रको ३३ औँ केन्द्रीय सभा पुष १३ र १४ गते झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा हुन लागेको हो ।
सम्मेलनबारे आज पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो ।
केन्द्रले मुटु रोग सम्बन्धि सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयाे । केन्द्र र यसका गतिविधीको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको र अघिल्लो बर्ष काभ्रेपलाञ्चोकको बनेपामा गरिएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले बताउनुभयाे ।
डा. मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र अन्य जिल्लाहरुमा तदर्थ समिति विस्तार गरिसकेको पूर्वअध्यक्ष घिमिरेले जानकारी दिनुभयाे ।
केन्द्रले मुटुका बिरामीहरुको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै शहिद गंगालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरुसँग समन्वय गरिदिने गरेको पनि घिमिरेले बताउनु भयाे।
केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरुलाई पुरस्कृत गर्दै आएको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिनुभयाे । गत बर्ष झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको कारण पालिकालाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रमको अवधीमा स्वयम् सेविकाहरुलाई प्राविधिक तालिम दिनुका साथै बिएण्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले बताउनु भयाे। कार्यक्रमको पुष १३ गते शनिबार दिउँसो साढे तीन बजे केन्द्रका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालकाे अध्यक्षता तथ बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले समुद्घाटन गर्ने झापा शाखाका सहसचिव राम निरौलाले बताउनु भयाे । पत्रकार सम्मेलनकाे सहजीकरण उपाध्यक्ष कुमारमणी पाेखरेलले गर्नुभएकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाल हार्ट फाउण्डेशनको केन्द्रीय सभा झापामा हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img