HomeFeatured 2आमालाई छुट्याएको एकदिन पनि फुर्सद पाएनन् मुख्यमन्त्री कार्कीले

आमालाई छुट्याएको एकदिन पनि फुर्सद पाएनन् मुख्यमन्त्री कार्कीले

गौरादह पुस । कार्यकारी अधिकार पाएका जनप्रतिनिधिलाई प्रायः फुर्सद हुँदैन । खाने, बस्ने, हिड्ने र सुत्नेसम्म समयको समेत टुङ्गो नहुने जनप्रतिनिधिहरुका लागि फुर्सदको दिन छुट्याउन निकै कठिन सुनिन्छ । रात र दिन भन्न नपाइने । यस्तै यस्तै हतारो सुनिन्छ ।
बार्षिक रुपमा आफूलाई सबैभन्दा महत्वपूर्ण लागेको दिन घरमै बिताउने सोचले गौरादह आइपुगेका कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कार्कीको यस्तै अनुभव छ । वर्षदिनमा एकदिन आफ्नी आमासंग बिताउने सोचले मुख्यमन्त्री कार्कीले पुस नौ गतेलाई छुट्याए । जुन दिन उहाँकी आमाको ९० औं जन्मोत्सवको दिन थियो ।

मुख्यमन्त्री कार्कीकी आमा


आफूलाई जन्मदिने आमासंग उहाँको जन्मदिनको दिन दिनभर संगै बस्नका लागि छुट्याएको भएपनि उनको समय दिनभर सार्वजनिक कार्यक्रममै बित्यो । आमाका लागि छुट्याएको उक्त दिन आफ्नै गृहनगर गौरादहमा नवनिर्मित प्रमुधाम सेवा सदनको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कार्कीले भन्नुभयो–‘आज मेरी आमाको जन्म दिन । जसको दशधारा दुध पिएर म यहाँसम्म आइपुगेको छु आजको दिन कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागि नहुने, आमासंगै बसेर खाना खाने र दिन बिताउनका लागि छुट्याएको थिएँ उहाँले थप्नुभयो–‘आमासंग बस्न त पाइन् तर, पुण्यकै काममा सहभागि हुन पाएकोमा खुशी छु, आमाकै भूमिका निर्वाह गर्ने सेवाधामको उद्घाटन भएको छ ।’
निर्धारित समयभन्दा झण्डै अढाइघण्टा पछि सेवाधाम पुग्नुभएका कार्कीले आफ्नो सम्बोधनको शुरु मै आमाका लागि छुट्याएको दिनको परिवेश दर्शाउँदै बिलम्ब भएकोमा माफी माग्दै भन्नुभयो–‘दमकका मेयर सावले हामीलाइ समयदिनु पर्यो भन्नुभयो, आजको दिन आमासंगै बस्छु अरुलाई समय दिने गरेको छैन, यद्यपि केही समय प्रभुधाम सेवासदनको उद्घाटनमा एकछिन जानुपर्नेछ भनेपछि उहाँले एकछिन दमकलाई पनि समय दिन भन्नुभयो हुँदैन भन्न पनि सकिएन । उहाँ ११ बजेदेखि कार्यक्रम भनिएको थियो, लागू औषध सम्बन्धीको कार्यक्रम रहेछ । ढिलो भयो सबैसंग माफी चाहन्छु ।
कार्कीकी आमा २०८१ पुस नौ गतेदेखि ९० वर्षमा प्रवेश गर्नुभएको हो । दिनभर सार्वजनिक कार्यक्रममै व्यस्त हुनुपरेपछि बेलुका आमासंगै खाना खाएर बेलुका कोशी प्रदेश राजधानी विराटनगर फर्किने मुख्यमन्त्री कार्कीले जानकारी समेत गराउनु भयो ।
बाल्यकालमै आमा गुमाएर अनेक दुःख कष्टबाट पार हुँदै २४ वर्ष अघि अमेरिका पुगेकी पुष्पा शर्माले आफ्नो १८ वर्षको पारिश्रमिक लगानी गरेर अनाथ बालकालिकाका लागि आश्रयस्थल निर्माण गरेपछि उक्त सेवा सदनको उद्घाटनका लागि मुख्यमन्त्रीलाई पटक पटक अनुरोध भएपछि आफ्नै ठाउँमा भएको पुनित कार्यको सम्मानका लागि पनि समय दिनैपर्ने बाध्यतामा मुख्यमन्त्री पर्नुभएको हो ।
अनाथ बालबालिकालाई आवास तथा पठनपाठन समेतको व्यवस्था गरिएको प्रभुधाम सेवासदन अढाई कठ्ठा जमिनमा सुविधा सम्पन्न भवन निर्माण गरिएको धामका अध्यक्ष रामकुमार शर्माले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आमालाई छुट्याएको एकदिन पनि फुर्सद पाएनन् मुख्यमन्त्री कार्कीले
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img