भद्रपुर ५ पुस । नेपाल बार एसोसिएसनको ६८ औं तथा झापा बारको ५९ औं स्थापना दिवस झापामा भव्यका साथ सम्पन्न भएको छ । एसोसिएसनको सभाहल चन्द्रगढीमा शुक्रबार आयोजना गरिएको दिवसको जिल्ला अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुईंटेलले उद्घाटन गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि लुईटेल, जिल्ला न्यायधीवक्ता रुद्रप्रसाद आचार्य एसोसिएसन का पूर्व केन्द्रीय उपाध्यक्ष अशोककुमार पोखरेल, वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य ,कानून व्यावसायीहरु यज्ञलक्ष्मी चौलागाई, टंकप्रसाद दंगाल, बसन्त नेपाल लगायतले मन्तव्य राख्दै न्यायिक निकाय स्वस्फूर्त रुपमा निस्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव सन्तोष प्रसाईँ र स्वागत मन्तव्य उपाध्यक्ष भीम बरालले गरेका थिए ।
झापा बारको ५९ औं स्थापना दिवस सम्पन्न



















