Homeसमाचारकांग्रेसको सय दिने अभियान अन्तरगत गाउँ नगर र जिल्ला भेलाको तयारीमा

कांग्रेसको सय दिने अभियान अन्तरगत गाउँ नगर र जिल्ला भेलाको तयारीमा

मेचीनगर ५ पुस । नेपाली काँग्रेसले गत असोज ७ गतेदेखि शुरु गरेको सयदिने विशेष सांगठनिक अभियान अन्तरगत आज झापाका चारवटा पालिकाको गाउँ/नगर भेला सम्पन्न भएको छ । वडा भेला सम्पन्न गरी गाउँ÷नगर भेलामा जुटेको कांग्रेसले क्षेत्र र जिल्लाको भेला पनि तय गरिसकेको छ ।
यसै सन्दर्भमा आज झापाको मेचीनगर, कनकाई, गौरादह नगरसमितिको भेला सम्पन्न भएको छ भने बाह्रदशी गाउँसमितिको भेला पनि सम्पन्न भएको छ ।
मेचीनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि देउकुमार थेवेले आगामी पौष १६ गते ४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर जिल्लास्तरीय भेलाको आयोजना गरी अभियान समापन गरिने जानकारी दिदै जिल्ला भेलामा सहभागी हुन सबै तहका नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले वडा बलियो भए मात्रै पार्टी संगठन बलियो हुने बताउँदै वडा र टोल केन्द्रित कार्यक्रम तय गरी पार्टी संगठन बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश समितिका सदस्य विमल आचार्य, पूर्व जिल्ला उपसभापति राम कट्टेल, पूर्व जिल्ला सचिव प्रेम सम्बाहाम्फे, १ नम्बर क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधिहरु लोकराज ढकाल, सुशिला रिजाल, रोहित बुढाथोकी लगायतले मन्तब्य राख्नुभएको थियो ।
नगरका उपसभापति योगेन थापामगरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिवद्व्य मुकेश लिम्बू र मनोज घिमिरेले संयुक्त रुपमा गर्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी लिम्बूको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस गौरादह नगर समितिको भेला सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका झापा उपसभापति शेरबहादुर भट्टराई, जिल्ला प्रतिनिधि तथा क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, संविधानसभा सदस्य विश्वदिप लिङ्देन, नेपाल महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बाह्रकोटी प्रसाई, महासमिति सदस्य रोहितकुमार शाह, जिल्ला सदस्य चिरञ्जीवी दाहाल, महिला संघ ५ नम्बर क्षेत्रीय अध्यक्ष गोमा प्रसाई बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नगर सभापति गोपाल कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत महाधिवेशन प्रतिनिधि हेमन्त कार्की र सञ्चालन सचिव नेत्र खड्काले गर्नुभएको थियो । यसैगरी महासमिति सदस्य तथा जिल्ला प्रतिनिधि भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस कनकाई नगरसमितिको भेला सम्पन्न भएको छ ।
कनकाई नगर समितिका सभापति दुर्गाप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश समिति सदस्यद्वय रञ्जिता कार्की र उत्तम चम्लागाई, महासमिति सदस्य एकराज उप्रेती, कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, जिल्ला सदस्य शिवकुमार कडेल, शहीद राजन गिरीका पिता केदार समसेर गिरी, पूर्व जिल्ला सहसचिव खगेश्वर उप्रेती, रुद्र चिमरिया, कनकाई–८ का वडाअध्यक्ष लिलाबहादुर कटुवाल, तरुण दल केन्द्रीय सदस्य राजेन्द्र उप्रेती, नेपाल महिला संघ नगर अध्यक्ष रेनुका मैनाली, श्याम पौडेल, मान्ता खरेल, वडा सभापति लक्ष्मण ज्वायल श्रेष्ठ, नेविसंघका आकाश ढकाल लगायतले मन्तब्य राख्नुभएको थियो ।
उपसभापति सन्तोष रायमाझीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव रेणुप्रसाद कडेल र दीपक खतिवडाले गर्नुभएको थियो ।
सयदिने विशेष अभियान अन्तरगत नै नेपाली कांग्रेस बाह्रदशी गाउँसमितिले पार्टीका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा गाउँभेला सम्पन्न गरेको छ ।
जिल्ला सचिव एवं भेलाका लागि जिल्ला प्रतिनिधि नवीन विमलीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य रामप्रसाद दुलाल, महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी, भगिरथ पोद्धार, विजय रिजाल, कृष्णकली राजवंशी, जिल्ला सदस्य दिलकुमार नेम्बाङ, पदम गिरी, खेमलाल न्यौपाने, सूर्य कार्की लगायतले आ–आफ्ना धारणा राखे ।
नेपाली कांग्रेस बाह्रदशीका सभापति इन्द्रबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति पञ्चानन्द राजवंशी र सञ्चालन सचिव लक्ष्मीप्रसाद उप्रेतीले गर्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको सय दिने अभियान अन्तरगत गाउँ नगर र जिल्ला भेलाको तयारीमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img