HomeFeatured 2कालिकापीठ कालीस्थानको १९ औ बार्षिक उत्सव, श्रीराम चरिततमानस अखण्ड महायज्ञ

कालिकापीठ कालीस्थानको १९ औ बार्षिक उत्सव, श्रीराम चरिततमानस अखण्ड महायज्ञ

कालीस्थान २९ मंसिर । कालिकापीठ कालीस्थानको १९ औ बार्षिक उत्सबको अवसर पारेर श्रीराम चरिततमानस अखण्ड पाठ–पारायण महायज्ञ शुरु भएको छ । कालिकापीठका अध्यक्ष ज्योतिर्विद्य पण्डित लक्ष्मीप्रसाद पोखरेल र प्राचार्य आ.रघुनाथ रिजालले वैदिक मन्त्रोच्चारण गरि महायज्ञको समुद्घाटन गरिएको हो ।
अर्जुनधारा नगरपालिका–९ मा रहेको देबीको सिद्ध शक्तिपीठ कालिकापीठ हो । बिर्तामोडबाट लगभग ७ किलोमीटर उत्तरपूर्व मा रहेको यश पीठमा गुरुकुलिन पद्धतिबाट पूर्बीय वैदिक ग्रन्थहरुको अध्ययन–अध्यापन हुँदै आएको छ । रामचरित मानसमा श्रीरामचन्द्रका लीलाकथाहरुको बर्णन गरिएको छ । हिन्दी भाषाको ग्रामीण जनबोलीमा रचना गरिएको यस रामायणलाई तुलसीकृत रामायण भनिन्छ । भक्ती, ज्ञान बैराग्यको त्रिबेणी सङगम रहेको यश रामायणलाई पाँचौ बेद पनि भनिने आचार्य रघुनाथ रिजालले जानकारी दिनुभयो ।
बार्षिक अनुष्ठानका अवसरमा आयोजित महायज्ञमा समुपस्थित भै अध्यात्म लाभ एवं सिद्ध शक्तिपीठको दर्शन पुजन गरेर पुण्यार्जन गर्नुहुन सम्पूर्ण महानुभावमा आयोजक समितिका अध्यक्ष पण्डित लक्ष्मीप्रसाद पोखरेलले अनुरोध गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कालिकापीठ कालीस्थानको १९ औ बार्षिक उत्सव, श्रीराम चरिततमानस अखण्ड महायज्ञ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img