HomeFeatured 2राजनीतिमा महिलालाई पनि पुरुषको जत्तिकै भूमिका दिन महिला संघको माग

राजनीतिमा महिलालाई पनि पुरुषको जत्तिकै भूमिका दिन महिला संघको माग

बिर्तामोड २५ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले गठबन्धनका नाममा महिलामाथि राजनीतिक हिंसा नगर्न राजनीतिक दललाई आग्रह गर्दै महिला र पुरुषलाई बराबरी भूमिका दिन माग गर्नुभएको छ ।
नेपाल महिला संघ झापाद्वारा आयोजित मंगलादेवी सिंहको जन्मसताब्दीका अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महिला नेतृ ढकालले गठबन्धनका नाममा महिलालाई छुट्याइएका स्थानीय तहका अधिकांश कोटामा समेत पुरुषलाई उम्मेद्वार बनाएर राजनीतिक हिंसा गरेको बताउनुभयो ।
आगामी दिनमा संविधानमा उल्लेख भएअनुसार प्रमुख–उपप्रमुख सहितका सबै पदमा ३३ प्रतिशत स्थान सुरक्षित गर्न आग्रह गर्दै उहाँले महिलाले आफूभित्र भएको शक्तिलाई चिनेर अघि बढ्न आह्वान गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराइले मंगलादेवी सिंह सबैको प्रेरणाको स्रोत भएको उल्लेख गर्दै आँट र हिम्मतका साथ अघि बढे महिलाले हरेक जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बैशाखसम्ममा भातृ संघसंस्थाको अधिवेशन सक्ने निर्णय केन्द्रीय समितिले गरिसकेको र निर्देशन समिति समेत बनिसकेको बताउँदै अधिवेशनका लागि तयारी अवस्थामा रहन भातृ तथा शुभेच्छुक संघसंस्थालाई निर्देशन दिनुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य रञ्जिता कार्कीले सकारात्मक सोच राखेर एकताबद्ध हुनसके महिलाहरुले हरेक क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डेले मंगलादेवी सिंहको समयमा हरेक आमा दिदी–बहिनीहरुले कठोर र विभेदपूर्ण जीवन यापन गरेको चर्चा गर्दै  अब पुरुषले भाग दिएन भनेर गुनासो गर्नुको सट्टा आफूमा प्रतिष्पर्धी क्षमता अभिबृद्धि गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा महासमिति सदस्यहरु उर्मिला गौतम, राधा सुब्बा, ताप्लेजुङका महासमिति सदस्य गिता लिङदेन, महिला संघ झापाका पूर्व अध्यक्ष यज्ञकुमारी सिटौला, महिला संघ जिल्ला सदस्य बसुन्धरा प्रसाई, १ नम्बर क्षेत्रीय सभापति रचना घिमिरे, कनकाई नगर सभापति रेनुका मैनाली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शर्मिला अधिकारी र सञ्चालन गिता ओडारी खरेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राजनीतिमा महिलालाई पनि पुरुषको जत्तिकै भूमिका दिन महिला संघको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img