Homeसमाचारभद्रपुर कारागारको महिला विभागमा ट्युवेल, पानी तान्ने मोटर र न्यानो कपडा प्रदान

भद्रपुर कारागारको महिला विभागमा ट्युवेल, पानी तान्ने मोटर र न्यानो कपडा प्रदान

भद्रपुर २५ मंसिर । भद्रपुर २५ मंसिर । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एबिसी नेपालको समन्वय र मानव अधिकारका लागि महिला एकल महिला र श्री सत्य साई केन्द्र भद्रपुरको संयुक्त पहलमा जिल्ला कारागारमा झापाको महिला बन्दी गृहमा रहेका महिला तथा बालबालिकालाई लक्षित गरी ट्युवेलसहित पानी तान्ने मोटर र न्यानो कपडा प्रदान गरिएको छ ।
बन्दी गृहको महिला विभागमा खानेपानी व्यवस्थापन अभाव भएसंगै कारगार प्रशासनसंगको समन्वयमा झापा कारागार महिला विभागतर्फ खानेपानी व्यवस्थापन कार्यक्रमको आयोजना गरि ट्युवेल तथा न्यानो कपडा र फलफूल प्रदान गरिएको हो । एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महिला बन्दी गृहमा रहेका महिला तथा बालबालिकालाई लक्षित गरी खानेपानीका लागि ट्युवेल, फलफूल, तथा न्यानो कपडा लगायतका सामग्री प्रदान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि पोखरेलले संविधानले प्रदान गरेको महिला अधिकारलाई उपलब्धीका रुपमा लिनुपर्ने बताउँदै संविधान अनुसार बनेको कानून कार्यान्वयनमा आए हिंसाका घटना कम भएर जाने बताउनु भयो । कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले सम्मानयुक्त समाजको चाहना सम्मानयुक्त समाज भएको बताउँदै सम्मानित परिस्थितिले जहाँ पुगेपनि सम्मानित रुपमा बाँच्न सिक्नुपर्ने बताउनु भयो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेस आचार्यले घरमा छोरा र छोरी तथा बुहारीबीच गर्ने व्यवहारमा सुधार गरे लैंङ्गिक विभेद अन्त्य भएर जाने विश्वास व्यक्त गर्नुभयो । खाद्यान्न वितरणले लैंङ्गिक विभेद अन्त्य नगर्ने धारणा राख्दै सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले सीपमूलक कार्यमा सहयोग गर्न सुझाव पनि दिनुभयो ।
कारगार प्रमुख रेवन्त भट्टराई, भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल परिवार नियोजन संघ झापाका पूर्व अध्यक्ष दिपेन्द्र ढकाल, बन्दी गृह इन्चार्ज रवि लिम्बू, ज्योति रिजाल गंगा मैनाली, ज्योती रिजाल लगायतको उपस्थिति रहेको कार्यक्रममा महिला चौकीदार प्रमुख रिता राईले महिला बन्दी गृहका बारेमा जानकारी गराएकी थिइन ।
मानव अधिकारका लागि महिला एकल महिलाकी अध्यक्ष रेखा अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत सत्य साइ केन्द्रकी उपाध्यक्ष गीता श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन साना हातहरु नामक संस्थाका प्रमुख विक्रम वाग्लेले गर्नुभएको थियो ।
कार्यक्रममा एबिसी नेपाल झापाले यसअघि बन्दी गृहका महिलालाई सीप सिकेर दक्ष बन्न र कारागारबाट स्वाबलम्बी भएर बाहिरिंदा सम्मानित जीवन जिउन सहयोग पुगोस् भन्ने उद्देश्यले उपलब्ध गराएका सिलाई कटाईका मेसिनलाई पुनः प्रयोगमा ल्याउन अनुरोध गरेका छन् । मेसिनलाई पुन प्रयोगमा ल्याए आफूहरु कपडा सहयोग गर्न तयार रहेको एबिसीकी अध्यक्ष सिटौलाले प्रतिवद्धता जनाउनु भयो ।
५० जना क्षमताको महिला बन्दी गृहमा हाल २ बच्चासहित ९८ जना महिला बन्दी रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुर कारागारको महिला विभागमा ट्युवेल, पानी तान्ने मोटर र न्यानो कपडा प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img