Homeसमाचारआश्रमलाई प्रधानमन्त्री ओलीसहित उद्घाटनमा उपस्थित अतिथिद्वारा सहयोगको घोषणा

आश्रमलाई प्रधानमन्त्री ओलीसहित उद्घाटनमा उपस्थित अतिथिद्वारा सहयोगको घोषणा

धुलावारी २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेचीनगर नगरपालिका–४ स्थित मानवसेवा आश्रमलाई एक महिनाको तलव प्रदान गर्ने घोषणा गरेका छन्
आज दिउँसो प्रधानमन्त्री ओलीले बाहुनडाँगीको मानवसेवा आश्रम भएको भवन उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास कार्यक्रममा ओलीले सो घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले कार्यक्रममा कसैले सहयोग गर्न चाहनेले हात उठाउनु होला भन्दा मन्त्री, सांसद, मेयर, उपमेयर लगायत सर्वसाधारणले पनि सहयोग गर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीसँगै संघीय प्राधिकरणका अध्यक्ष, कोशी प्रदेशका मन्त्रीहरु, विराटनगर महानगरपालिकाकी उपमेयर, उर्लाबारी, गौरादह नगरपालिकाकी उपमेयर, गौरीगञ्ज गाँउपालिका उपाध्यक्ष लगायतले एक महिनाको तलव सहयोग गर्ने भएका छन् । त्यस्तै प्रतिनिधि सभाका सांसद एलपी सावा लिम्बुले २ महिनाको तलव सहयोग गर्ने भएका छन् ।
कोशी प्रदेशका पूर्व सांसद एवम् व्यवसायी श्रीप्रसाद मैनाली, एमाले नेता भिम खवास, नेकपा एमाले मेचीनगर कमिटीले जनही ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । काँकरभिट्टास्थित सिटौला मनि चेञ्जरका सञ्चालक चन्द्रप्रसाद सिटौलाले १ लाख दिने घोषणा गरेका थिए । आश्रमलाई सहयाग गर्ने मनहरुको हात बढिरहेकको छ ।
अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले पालिकाबाट ५ लाख र व्यक्तिगत १ लाख गरेर ६ लाख दिने घोषणा गरे । मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले एक महिनाको तलव दिने बताए । त्यस्तै मेचीनगर नगरपालिकाले आश्रमका लागि १० लाख बजेट छुट्टाएको जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीकी धर्मपत्ती एवम् प्रथम महिला राधिका शाक्यले पनि दुई महिनाको पेन्सन दिने घोषणा गरेकी थिइन् । आश्रमका अनुसार करिव २६ लाख रुपैयाँ उठने घोषणा भएको छ ।
ओलीले मान्छेलाई असन्तुष्टि पोख्न सजिलो छ, दुई चारवटा गल्ती बोल्न सजिलो छ, तर काम गर्न गाहे हुन्छ, काम गर्ने बानी बसाल्नु पर्ने बताए ।
‘सडकमा अलपत्र मानिस, वेसहारा, अशक्तहरुले सेवाको अपेक्षा गरेका छन्’, ओलीले भने–‘मानवसेवामा समर्पित आश्रमलाई सफलताको शुभकामना छ ।’
मानवसेवा आश्रम ९मानवता प्रवद्र्धन महाअभियान० को १९ औँ बाहुनडाँगी शाखा कार्यालय हो ।
हाल उक्त आश्रममा ३३ जना पुरुष र १० जना महिला गरी ४३ जना सडक मानवको उद्धार गरेर आश्रय दिइरहेको छ । उनीहरुको आश्रमका ८ जना कर्मचारी तथा सहयोगीहरुले सेवा गरिरहेका छन् । २०६९ सालमा हेटौडामा आश्रमको मुख्य कार्यालय स्थापना भएको हो । आश्रमको देशभरी १९ वटा शाखा तथा २५ वटा सेवा केन्द्र रहेको छ ।
देशभर नै खुल्ला आकाश मुनी रात विताउन विवश बेसहारा, असहाय, असक्त, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर, अनाथ तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्दै राष्ट्रलाई नै २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि आश्रम मानविय सेवामा निरन्तर सक्रिय रहेको बताइएको छ ।
आश्रमले देशभरबाट हालसम्म १० हजार ८२७ जना स्वादेशी तथा विदेशी सडक मानवहरुको उद्धार गरिसकेको छ । बाहुनडाँगी आश्रममा हाल ५० जनासम्म आश्रय दिएर राख्न सक्ने क्षमता रहेको बताए । आश्रममा रहेका आमा–बुबाहरुलाई हेरचाह, पालनपोषण र उपचार समेतको व्यवस्था गरिएको छ । आश्रममा योग ध्यान, मनोपरामर्श लगायत उद्यमशिलतामा समेत ध्यान दिएको बताइएको छ ।
आश्रमको वृहत गुरु योजना अन्तरगत ५ वर्षभित्र २२ करोड लगानीमा योग ध्यान भवन, उत्पादनमुखी कार्य, १५० जना महिला र पुरुषको छुट्टा छुट्टै भवन लगायतका कामहरु गरिने बताइएको छ । आश्रमका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधान र उनका परिवारले २ विघा ५ कठ्ठा जग्गा दान गरेका थिए । उनीहरुलाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा देशभरिकै आश्रमको गतिविधिका विषयमा प्रोजेक्टर मार्फत देखाइएको थियो ।
सोही अवसरमा प्रधानमन्त्री ओलीलाई मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीले नगरको समग्र विकास र समस्या समाधानका लागि १० बुँदे अनुरोध पत्र बुझाएका छन् ।
मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता र कार्यक्रमको सञ्चालन कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले गरेका थिए ।
प्रधानमन्त्री ओली चरदिने चीन भ्रमण सकेर फर्के लगत्तै झापा आएका हुन् । आज भद्रपुर एयरपोर्ट उत्रिएपछि सोझै बाहुनडाँगीको मानवसेवा आश्रम पुगेका थिए । उनले आश्रमको कार्यक्रम सकिएपछि दमकको विजनेश टावरको भव्य भवन उद्घाटन गरेका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालयका अनुसार आज र भोली झापाका विभिन्न कार्यक्रम सकेर २५ गते काठमाडौँ फर्किने तालिका रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआश्रमलाई प्रधानमन्त्री ओलीसहित उद्घाटनमा उपस्थित अतिथिद्वारा सहयोगको घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img