Homeसमाचारसार्वजनिक स्थलमा बोलिने फोहोरी (अश्लील) शब्द नियन्त्रण चुनौती

सार्वजनिक स्थलमा बोलिने फोहोरी (अश्लील) शब्द नियन्त्रण चुनौती

बिर्तामोड २० मंसिर । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजनिक स्थलमा बोलिने अश्लिल तथा फोहोरी शब्द नियन्त्रण जरुरी रहेको निष्कर्ष निकालेका छन् ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा नारी सञ्चार गृह झापाले बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजना गरेको ‘लैंङ्गिक हिंसा विरुद्धको अभियानः उपलब्धि र चुनौती’ विषयक छलफल कार्यक्रममा हिंसा तथा अधिकार सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि उपस्थित कार्यक्रममा सहभागि वक्ताहरुले सार्वजनिक स्थलमा बोलिने अश्लिल तथा फोहारी शब्द र अभद्र व्यवहार नियन्त्रण चुनौती रहेको बताएका हुन् ।कार्यक्रममा बोल्दै सहभागीहरुले खासगरी बसपार्क, बस स्टेन, खेलमैदान, मेला तथा हाटबजार (सार्वजनिक स्थल) लगायतका सार्वजनिक स्थलमा यातायात क्षेत्रमा संलग्न मानिसहरु तथा खेल खेल्ने क्रममा साना ठूला खेलाडीहरुले प्रयोग गर्ने फोहोरी शब्दका कारण पारिवारिक रुपमा हिड्न तथा खेल हेर्न सम्म नसकिने अवस्था आएको उल्लेख गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।
समाजमा अपाच्य हुने र कानूनतः दण्डनीय मानिएका शब्द प्रयोग गर्नेसम्म कानूनी कारवाहीबारे सचेतना पुर्याउनुका साथै कारवाहीको दायरामा पनि लैजानुपर्ने बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले बताउनु भयो ।
सचेतनामुलक प्रचारले मात्र केही नहुने अवस्था आएको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नगरप्रमुख प्रसाईले त्यस्ता गतिविधिमा संलग्नलाई सांकेतिक रुपमा भएपनि कारवाही गर्ने हो भने पनि सार्वजनिक स्थलमा अश्लिल शब्द प्रयोगहरु आफैं कम भएर जाने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै मेयर प्रसाईले एकापसमा होचो अर्घेलो भन्दा पनि परिपुरक भएर हिड्ने अभ्यास गर्नुपर्नेमा जोड दिंदै संवैधान प्रदत्त राजनीतिक अधिकार कार्यान्वयनमा देखिएको चुनौतीबारे सबै महिला एकभएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश विष्टले समाजमा हुने हिंसा तथा अपराधका घटना न्यूनिकरण गर्नु भएको दायित्व रहेको उल्लेख गर्दै सहकार्यमा जोड दिनुभयो । पछिल्लो समय प्रहरीमा आउने मुद्दाका प्रकृति र घटनाको तथ्याङ्कगत विवरणबारे जानकारी गराउनु भएको आयोजक संस्थाकी सहसचिव कार्यक्रम सञ्चालक जोस्ना श्रेष्ठले जानकारी दिनुभयो ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, अधिवक्ता लक्ष्मी खनाल कोइराला, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, साना हातहरु भद्रपुरका विक्रम वाग्ले, नेपाल महिला संघ क्षेत्रीय सचिव यशोदा उप्रेती, अनेमसंघ बिर्तामोड नगर कमिटी अध्यक्ष यशोदा प्रसाई, राप्रपा नेपाल बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष रिता मिश्र, महिला मुक्ति अभियानकी झापा अध्यक्ष राधा सुब्बा, बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाँई लगायतले अभियानको उपलब्धी र चुनौतीका विषयमा आ–आफ्नो धारणा राखेको दिपा पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले सार्वनिक स्थलमा बोलिने फोहोरी शब्द प्रयोग तथा असभ्य व्यवहार नियन्त्रणका प्रभावकारी कार्यान्वयनका लागि दबाब (एक्सन) मा जानुपर्ने र त्यसका लागि छुट्टै छाता संस्था बनाउनुपर्ने वा प्रतिवद्ध भएर सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।


आयोजक संस्थाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा इलाम झापा मैत्री संघकी अध्यक्ष तिलोत्तमा खत्री, महिला सुरक्षा दबाब समूहकी झापा सचिव नैनकला भट्टराई, संयक्त महिला आवाजकी अध्यक्ष शिखा खड्का गणेश, महिला उद्यमी संघ नेपालकी झापा अध्यक्ष शुष्मा पौडेल, सर्मिला अधिकारी, वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली, झुमा भट्टराई, छठ महिला मञ्चकी अध्यक्ष निशा साह पत्रकार सुब्रत न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्रामिण क्षेत्र भन्दा शिक्षित र शहरी क्षेत्रमा हिंसाका घटना हुने गरेपनि इज्जतका डरले त्यस्ता घटना बाहिर नआउने गरेको बताइएको छ । समस्या भएपनि प्रतिष्ठाका खातिर हिंसा सहेर बस्न बाध्य भएको सहभागीले बताएका छन् । बलियोले कमजोरलाई हिंसा गर्ने गरेको पाइएको बताउँदै सहभागीले पछिल्लो समय महिला पनि शक्तिशाली हुँदै जाँदा महिला, पुरुष दुवै हिंसामा रहेपनि पुरुषले आफूमाथि भएको हिंसा देखाउन नचाहेको पाइएको हिंसा विरुद्ध काम गर्ने अभियानकर्मीहरुको अनुभव छ ।
समाजमै अपाच्य हुने त्यस्ता शब्द प्रयोगमा नियन्त्रणका लागि सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक स्थलमा हुने अभद्र व्यवहार, फोहोरी शब्द प्रयोग गर्दा हुने कानूनी कारवाही दण्ड, सजाँय र जरिवानाबारे सचेतना जगाउन सञ्चार क्षेत्रको भूमिका सक्रिय हुनुपर्ने बताएका छन् ।
सार्वजनिक ठाउँमा अभद्र व्यवहार गर्ने तथा फोहोरी शब्द बोल्नेलाई कारवाहीका लागि कानूनी व्यवस्था भएपनि अहिलेसम्म प्रयोगमा नआएका कारण त्यस्ता मान्छेहरुको मनोबल बढेको ठहर गर्दै नियन्त्रणका लागि सचेतना र कारवाही एकैपटक अभियानकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिइएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसार्वजनिक स्थलमा बोलिने फोहोरी (अश्लील) शब्द नियन्त्रण चुनौती
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img