Homeसमाचारझापामा अनुपम यात्रा: २०८४ मा संवैधानिक सुनिश्चितता कायम गर्न प्रारम्भिक तयारी

झापामा अनुपम यात्रा: २०८४ मा संवैधानिक सुनिश्चितता कायम गर्न प्रारम्भिक तयारी

बिर्तामोड १८ मंसिर । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा महिलाको प्रतिनिधित्व हुन नसकेपछि आगामी निर्वाचनमा कार्यकारी प्रमुख र उपप्रमुखमा महिलालाई निर्वाचित गर्न एउटा छुट्टै प्रकृतिको अभियान शुरु भएको छ । २०८४ मा हुने निर्वाचनलाई लक्षित गरी शुरु गरिएको अभियान अहिले देशभरका ७६ वटा जिल्लामा पुगिसकेको छ । सोही अभियान अन्तरगत झापामा आज (मंगलबार) र्याली सम्पन्न भएको छ ।
पूर्वको काँकरभिट्टाबाट शुरु भएको अनुपम अभियान अन्तरगतको अनुपम यात्राले बिर्तामोडमा पनि र्याली तथा सभा सम्पन्न गरेको हो । बिर्तामोडमा सञ्चालित विभिन्न संघसंस्थाहरुको सामुहिक सहभागीता रहेको र्यालीलाई अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला लगायतले बोलेका थिए । र्र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि, विद्यार्थी, अनुपम अभियानका अभियन्ताहरु लगायतले चौरासीमा महिला, हुनुपर्छ पहिला, घर चलाउनेले देश चलाउन सक्छ, राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन, लैङ्गिक हिंसा अन्त्य गरौँ, बाल विवाह रोकौँ सभ्य समाजको निर्माण गरौँ, दाइजो होइन शिक्षा दिऔँ, छोरीलाई सक्षम बनाऔँ, घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ, छोरा–छोरीमा विभेद नगरौँ घरायसी काम बराबरी गरौँ लगायतका नारा लगाइएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांस महिलाहरुले घर हाँक्न सक्ने महिलाले देश पनि हाँक्न सक्छन् भन्ने आवाजलाइ बुलन्द बनाउँदै देश हाँक्नका लागि समान अवसर लिनका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
यसअघि चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउनेले देश चलाउन सक्छ लगायत नारासहित ३३ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा यसअघि विहान आयोजित र्यालीले काँकरभिट्टा बजारमा प्रभातफेरी गरेको थियो ।
कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमको अध्यक्षता महिला जनचेतना केन्दकी अध्यक्ष सिता गुरुङले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा अनुपम यात्रा: २०८४ मा संवैधानिक सुनिश्चितता कायम गर्न प्रारम्भिक तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img