HomeFeatured 2प्रकाश एकता सहकारीको १७ औं बार्षिक साधारण सभा सम्पन्न

प्रकाश एकता सहकारीको १७ औं बार्षिक साधारण सभा सम्पन्न

भद्रपुर मंसिर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान एवम् बार्षिक गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरिएको हो ।
संस्थाको नीति तथा कार्यक्रमसहित बार्षिक गतिविधि प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले एकहजार छसय ८५ शेयर सदस्य रहेको विवरण प्रस्तुत गर्दै ८८ लाख ४६ हजार शेयर पूँजी रहेको जानकारी गराउनु भयो ।
संस्थाका कोषध्यक्ष चन्द्रबहादुर कार्कीले एककरोड ३८ लाख ५६ हजार ५१२ रूपैयाको बार्षिक आय विवरण पेश गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले देशको उन्नतिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै स्वरोजगार निर्माणमा सहकारीले दिएको योगदान बिर्सनु नहुने बताउनु भयो ।
सचिव शालिग्राम नेपालको सञ्चालन रहेको कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट शारदादेवी अधिकारी र कपिलमणि दाहाल, उत्कृष्ट बचत कारोवार सम्मानबाट माया पोखरेल र मिनबहादुर थापा मगर, उत्कृष्ट ऋण कारोवार सम्मानबाट रिता राजवंशी र नौतनप्रसाद पोखरेल, उत्कृट सन्तति सम्मानबाट अर्विन थापा र प्रतिक्षा प्रधानलाई नगद दुईहजार पाँचसय सहित सम्मान गरिएको थियो ।
सदस्य नुतन ढकालले स्वागत गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, कलवलगुरी सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाई लगायतले धारणा राख्दै कृषिको उन्नतिका लागि सहकारीले गरिरहेको प्रयासमा सवैको साथ रहनुपर्ने बताए उनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रकाश एकता सहकारीको १७ औं बार्षिक साधारण सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img