बिर्तामोड १८ मंसिर । साहित्यमार्फत कला, साहित्य, संस्कृति र भाषाको जगेर्ना गर्नुका साथै समाज रुपान्तरणको उद्देश्य राखेर वीरता लेडी जेसीजले सहारा साहित्य साँझ कार्यक्रम २०८१ को आयोजना गर्ने भएको छ । यही मंसिर २१ गते आयोजना गर्न लागिएको कार्यक्रममा प्रमुख आकर्षणको रुपमा कवि मनु मञ्जिल, आख्यानकार मिश्र वैजयन्ती र मनाराज शेर्मासहितका स्रष्टा रहेको सहारा साँझ बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
स्रष्टासंग प्यानल डिस्कसन गरिने उक्त कार्यक्रममा स्रोता तथा दर्शकले पनि प्रश्न गर्न पाउने बताइएको छ । बिर्तामोडको इन्द्रेणी ब्याङ्क्वेटमा आयोजना गरिने कार्यक्रम शुक्रबार अपरान्ह्र ३ बजेदेखि सञ्चालन हुने बताइएको छ । स्रष्टासंग प्यानल डिस्कसन पश्चात गजल साँझ कार्यक्रम रहेको कार्यक्रम संयोजक लीला अनमोलले जानकारी दिइन । गजल साँझ अन्तरगत गजलकार सिन्धु निरौला र उमेश विरोधीका गजलहरु श्रवण गन सकिने बताइएको छ ।
वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मिनु ओली लोहनीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा औचित्यमाथि संगीता गिरीले प्रकाश पारेकी थिइन् भने राधा सुब्बा, पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मुना ढुङ्गेलले गरेकी थिइन् ।
वीरता लेडी जेसीजले सहारा साहित्य साँझ आयोजना गर्ने

































































































