मंसिर ३ सोमवार । बिर्तामोडमा नेवारी मौलिक परिकार एक दिने प्रशिक्षण साथै सुकुल भोज कार्यक्रम भएको छ।
नेवा: मिसा पुच:ले आज बिर्तामोडमा पहिलो पटक एक दिने मौलिक परिकार प्रशिक्षण साथै सुकुल भोजको आयोजना गरेको हो ।
मिसा पुच:ले बिर्तामोडको इन्द्रेणी ब्याङकवेटमा आज गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक द्वय मोनित महर्जन र दुर्गा हलुवाई द्वारा नेवारी मौलिक परिकार यमरी,बारा ,हाकु छोयला, खाजा सेट बनाउने तरिकाको अभ्यास साथै त्यसका लागि चाहिने आवश्यक सामाग्री बारेमा जानकारी गराईएको थियो ।
नगर प्रमुख पवित्रा प्रसाई महतरा, वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाई ,वडा नं ४ का वडाध्यक्ष राहुल शर्मा , बरिष्ठ गीतकार शिव शंकर थापा ,बिर्तामोड साना शहरी सरसफाई तथा खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष मेघराज बास्तोला , झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत , महिला उद्यमी संघ अध्यक्ष शुष्मा पौडेल लगायत अन्य संघ संस्थाका नेतृत्व तहका व्यक्तित्वहरू,नेवा: पासा मुना पुच: का पुर्व अध्यक्षहरु, सल्लाहकारहरू, सदस्य सहित एकसय पचास भन्दा बढिले प्रशिक्षणमा पकाइएको परिकारको एक साथ सुकुल भोजमा स्वाद लिएका थिए ।
नेवा: पासा मुना पुच:का सस्थापक सचिव ,पुर्व अध्यक्ष तथा नेवा: देय् दवुका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास सबैभन्दा जेष्ठ सदस्य भएकाले उदासलाई आजको सुकुल भोजमा थकाली रूपमा प्रस्तुत गरिएका थियो ।
थकालीले शुरुवात गरे पछि मात्र अन्यले भोज खान शुरु पर्ने र थकाली उठे पछी मात्र अन्य उठ्न पाउने नियमलाई सबैले भोजमा पालना गरेका थिए।
मौलिक परिकारको मौलिक स्वादलाई जीवन्तता दिन प्रशिक्षणको आयोजना गरिएको नेवा:मिसा पुच:की अध्यक्ष निलम श्रेष्ठले बताउनुभयो ।
मिसा पुच: अध्यक्ष प्रधानको अध्यक्षता , नगर प्रमुख पवित्रा प्रसाई महतराको प्रमुख आतिथ्य रहेको कार्यक्रममा औचित्यमाथि प्रकाश बिशिष्ट अतिथि नेवा:पासा मुना पुच: अध्यक्ष दिनेश श्रेष्ठले पार्नु भएको थियो भने संचालन सचिव दिपा श्रेष्ठले गर्नु भएको थियो ।
नेवा: पासा मुना पुच:को भातृ तथा महिला संगठन ,मिसा पुच:ले यस अघि पनि सामुहिक म्हपुजा, स्वास्थ्य जन्य संघ संगठन संग समन्वय गरेर स्वास्थ्य शिविर लगायत विभिन्न कामहरु गर्दैआएको छ।
नेवारी मौलिक परिकार प्रशिक्षण साथै सुकुल भोज

































































































