Homeसमाचारकिसान र उद्योगीलाई सहयोग पुग्ने काम गर्छु - कृषि मन्त्री हाङगाम

किसान र उद्योगीलाई सहयोग पुग्ने काम गर्छु – कृषि मन्त्री हाङगाम

बिर्तामोड ३ मंसिर । उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले अलैंची उत्पादनको गुणस्तर बृद्धिका लागि किसान र उद्योगी दुवैलाई सहयोग पुग्ने गरी काम गर्ने आश्वासन दिनु भएको छ ।
झापाको बिर्तामोडमा स्थापित एभरेष्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिको उत्पादन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री हाङगामले नेपालमा उत्पादित अलैंची कच्चा पदार्थको रुपमा दोस्रो देशमा जाने र दोस्रो देशले आफ्नो उत्पादन ब्रान्ड लगाएर तेस्रो मुलुकमा पठाउने प्रक्रियाको अन्त्यका लागि उद्योग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
‘अब यहाँ उत्पादित अलैंची नेपालकै ब्राण्डमा तेस्रो मुलुकसम्म पुर्याउन सहज हुनेछ, मन्त्री हाङगामले भन्नुभयो–‘निर्यातका लागि प्रदेश सरकारको ऐनमा द्वुविधा भए उद्योग र किसानलाई हित हुने गरी संसोधन गर्न पहल गर्छु ।’ नेपालकै ब्राण्डमा मसलाजन्य उत्पादन निर्यात गर्दा आम्दानी र रोजगारीका हिसाबले पनि फाइदा हुने उहाँको भनाई थियो ।


आफ्नो गृह जिल्ला ताप्लेजुङका ६० वडाको प्रमुख नगदेबाली अलैंची भएको प्रसङ्ग उठाउँदै उहाँले उत्पादनको लगभग ८५ प्रतिशत अलैंची कोशी प्रदेशमै उत्पादन हुने बताउँदै यसको व्यवसायिक प्रवद्र्धनका लागि सक्दो पहल गर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले प्रत्येक वर्ष नौ अर्व बराबरको मसलाजन्य कच्चा पदार्थ विदेश निर्यात भएपनि १० अर्व बढीको मसला आयात हुने तथ्याङ्क प्रस्तुत गर्नुभयो । सरकारले नेपालको उत्पादनलाई विश्व बजारमा पुर्याउन प्रचलित मूल्यभन्दा २० प्रतिशत बढी रकम खर्चिएर समेत उद्योगीका उत्पादन किन्ने गरेको बताउँदै उहाँले स्थानीय उत्पादनको निर्यात व्यापारमा समस्या भए केन्द्रले सकेसम्म सहजीकरण गर्ने बताउनु भयो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले उद्योग स्थापनाले किसान प्रत्यक्ष लाभान्वित हुने बताउँदै उद्योग स्थापनाले लगानीमैत्री वातावारण छ भन्ने सन्देश दिन सफल भएको बताउनु भयो ।
कार्यक्रममा युएसएआइडीका प्रतिनिधि जेसन सुक, बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाई, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया लगायतले मन्तव्य राख्नु भएको थियो ।
उद्योग स्थापनाको औचित्यमाथि प्रकाश पार्दै प्रालिका प्रबन्ध निर्देशक ओमकृष्ण विमलीले कृषि उत्पादन आयातमा अनावश्यक झण्झट नलगाउन सरकारसंग आग्रह गर्दै उद्योग बचाउन सकेमात्रै राज्यको कर सुनिश्चित हुने हुँदा उद्योगको संरक्षण गरेर लगानीमैत्री वातावरण बनाउन माग गर्नुभयो । आफ्नो उत्पादनको विक्रीका लागि दुवईमा विक्री केन्द्र स्थापना भइसकेको जानकारी दिंदै विमलीले क्यानडा लगायतका मुलुकबाट पनि माग भएको बताउनु भयो ।
उद्योगका निर्देशक पार्वता खरेल विमलीले स्वागत गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रज्ज्वल विमलीले गर्नुभएको थियो भने सञ्चालन केशव भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकिसान र उद्योगीलाई सहयोग पुग्ने काम गर्छु - कृषि मन्त्री हाङगाम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img