बिर्तामोड २ मंसिर । सत्ताका दुुईमुख्य घटक कांग्रेस एमालेले स्थानीय सरकार सञ्चालनका लागि झापामा पनि स्थानीय सरकार सञ्चालन समन्वय संयन्त्र निर्माण गरेका छन् । सत्ता घटक दुवै दलले केन्द्र, प्रदेश हुँदै स्थानीय सरकार सञ्चालनका लागि संयन्त्र गठन गरेका हुन् ।
झापामा निर्माण गरेको संयन्त्रमा कांग्रेसकातर्फबाट नेपाली कांग्रेस झापा जिल्ला सभापति देउकुमार थेवेको नेतृत्वमा केशवराज पाण्डे र कृष्ण हुमागाई रहेका छन् भने नेकपा एमालेकातर्फबाट एमाले झापा अध्यक्ष प्रेम गिरीको नेतृत्वमा शिव ढुङ्गेल र तुलसी कार्की रहने गरी संयन्त्र निर्माण गरिएको छ ।
संयन्त्रको पहिलो बैठक सोमवार बस्ने बुझिएको छ । वैठकमा नेपाली काँग्रेसको संयन्त्रले एमालेको नेतृत्व भएको स्थानीय तहमा आएका गुनासाहरुका बिषयमा जानकारी गराउँदै छिटो र छरितो कार्यका लागि पहल गर्ने बिषय उठाउन गर्ने, भद्रपुरस्थित चन्द्रगढीमा रहेको विपी कोइराला स्मृति भवन लगायतका अधुरा योजना र बहुबर्षिय दीर्घकालीन योजना तथा अन्य विकास योजनाका बिषयमा छलफल अगाडि बढाउने स्रोतले जनाएको छ ।
यसैगरी नेकपा एमालेले हाल भइरहेका कार्यको समिक्षा गर्दै झापाका अधुरा विकास योजना, चालु विकास योजना, आगामी बिकास योजना र दीर्घकालीन विकास योजनाका साथै अन्य विविध बिषयमा छलफल गर्ने योजना रहेको बुझिएको छ ।
स्थानीय सरकार सञ्चालनका लागि झापामा पनि कांग्रेस एमालेको संयन्त्र गठन

































































































