बिर्तामोड २ मंसिर । पुरानो रिसइवीका कारण छिमेकीको हत्यामा संलग्न बाह्रदशी गाउँपालिका वडा न)( ५ का २६ वर्षीय मानकुमार राजवंशीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या आरोपमा पक्राउ परेका राजवंशीलृे छिमेकी ४५ वर्षीय गंगालाल माझीको हत्या गरेका थिए ।
राजवंशीले पुरानो रिसइवीका कारण विवाद गरी फलामको रडले मंसिर १ गते माझीको टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट घाइते भएका माझीलाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा पुर्याई चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
माझीको हत्यामा प्रयोग गरिएको रडसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत कृष्णबहादुर चंदले जनाएका छन् ।
माझीको हत्यामा संलग्न राजवंशी फक्राउ

































































































